सात रेड पाण्डाको छालासहित तस्करीमा संलग्न तीन जना पक्राउ | Khabarhub Khabarhub

सात रेड पाण्डाको छालासहित तस्करीमा संलग्न तीन जना पक्राउ


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सात रेडपाण्डा (रातो हाब्रे)को छालासहित तस्करीमा संलग्न तीन जना पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई महाकुलुङ गाउँपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी कवित कटवालले जानकारी दिए ।

कटवालले भने, ‘हामीलाई आएको विशेष सूचनाका आधारमा परिचालित प्रहरी निरीक्षक मन्दीप चौहानको टोलीले सात रेडपाण्डाको छालासहित तीन जनालाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट रेडपाण्डा मार्न प्रयोग गर्ने पासो पनि बरामद गरिएको छ ।’

छाला र पासोसहितका उनीहरुलाई घरैबाट सोमबार साँझ पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा महाकुलुङ-२ का ७६ वर्षीय जगतबहादुर राई, महाकुलुङ-३ का ५६ वर्षीय कवीर शङ्कर राई र ५७ वर्षीय मितुरधन राई रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रभित्र गैरकानूनी रुपमा वन्यजन्तुको चोरी शिकार गरी मार्ने, आखेटोपहार लुकाइछिपाई राखी खरीदबिक्री गर्ने तथा ओसारपसार गर्ने गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख कटवालले बताए ।

यो समूहलाई पक्राउ गरिएसँगै रेडपाण्डाको सिकार गर्ने र तस्करी गर्ने गिरोह समाप्त भएको कटवालले बताए ।

अनुसन्धानका लागि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएका तीनै जनालाई कानूनी कारवाहीका लागि राष्ट्रिय निकुञ्ज पठाइने छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा (२६) को १ अनुसार उनीहरुलाई पाँच लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँचदेखि १५ वर्षसम्म कैद सजाय या दुवै हुन सक्ने कानूनी प्रावधान छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  २ : २४ बजे

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर– आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

चन्द्रपुर– जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र

श्रमदानबाट सडक मर्मत

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका

सम्पर्कमा आउन थाले कञ्चनपुरबाट भागेका कैदीबन्दी

कञ्चनपुर– जेनजी प्रदर्शनका क्रममा मंगलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु

प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

अमेरिका– नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले