लकडाउनको वार्षिकीमा सर्ट फिल्म ‘अकाल’ « Khabarhub

लकडाउनको वार्षिकीमा सर्ट फिल्म ‘अकाल’


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालमा कोरोनाका कारण लकडाउन घोषणा भएको आज एक वर्ष पुरा भएको छ ।

एक वर्ष पुरा भएको दिन पारेर बुधबार सर्ट फिल्म अकाल सार्वजनिक भएको छ ।

लकडाउनमा नागरिकहरुले भोग्नु परेको विषयलाई समेटेर सो फिल्म निर्माण भएको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण धेरैले जीवन गुमाउनु पर्‍यो ।

रक्की महर्जनको निर्देशन, छायांकन र सम्पादनमा बनेको उक्त सर्ट फिल्मको कथा राज महर्जनले लेखेका हुन् ।

फिल्ममा कोरोना संक्रमण सुरु भएपछि त्यसको नकारात्मक प्रचार कसरी भयो र उपयुक्त जानकारीको कमिका कारण कसरी कुनै व्यक्तिले अकाल ज्यान गुमाउनु पर्‍यो भन्ने विषयवस्तुलाई मुख्य केन्द्रमा राखिएको छ ।

कोरोना संक्रमण भएका व्यक्तिहरुलाई राख्नका लागि बनाइएका क्वारेन्टाइन स्थलहरुको दुर्दशा र बिरामीले उपयुक्त उपचार पाउन नसकेको यथार्थ चित्रण फिल्ममा गरिएको छ ।

गतवर्ष असारमा सिमित साधन र श्रोतको प्रयोग गरेर निर्माण गरिएको फिल्म सरकारले लकडाउन घोषणा गरेको एक बर्ष पुगेको दिन पारेर सार्वजनिक गरिएको हो ।

फिल्ममा रुपेन्द्र श्रेष्ठ, सुशील राजोपाध्याय, सरिता बज्राचार्य, सुरेन्द्र महर्जन, सुरेश महर्जन, रोजन महर्जन, बिक्रम महर्जन र अकबर श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

फिल्म सुत्र टिभि एचडि को यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ४ : ३५ बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक