आज नेप्से ४१ अंकले बढ्यो, निफ्राको ६५ करोड रुपैयाँको कारोबार « Khabarhub

आज नेप्से ४१ अंकले बढ्यो, निफ्राको ६५ करोड रुपैयाँको कारोबार


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज शेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ४१.३६ अंकले बढेर २५७०.३१ विन्दुमा पुगेको हो ।

मंगलबार २५२८ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.०६ अंकले बढेर ४५५.९५ विन्दुमा पुगेको हो । आज २०८ कम्पनीको ७२ हजार ९ सय ५७ पटक कारोबार भएर ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९४१ रुपैयाँ बराबरको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता शेयर खरिद बिक्रि भएको नेप्सेले जनाएको छ ।

आज हाइड्रोपावर उपसमूहको बाहेक १२ उपसमूहको शेयरमुल्य सर्वाधिक गरेका छन् ।

सबैभन्दा धेरै व्यापार समूहको ९.४ प्रतिशतले परिसुचक बढेर ३८१ रुपैयाँ ११ पैसा प्रतिशेयर मुल्य कायम भएको छ । नेप्सेको अनुसार आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ६५ करोड १५ लाख भन्दा धेरैको कारोबार भएको छ ।

बैंकको आज ५८१ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ । त्यस्तै अपर तामाकोशीको ४१ करोड ५७ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको प्रतिशेयर मुल्य ७७२ रुपैयाँ कायम गरेको छ ।

आज साल्ट ट्रेडिङ कर्पोरेशन, चन्द्रागिरि हिल्सहित पाँच कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ४ : ४८ बजे

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं