चितवनमा कार र ट्रक ठोक्किदा दुईको मृत्यु, तीन घाइते « Khabarhub

चितवनमा कार र ट्रक ठोक्किदा दुईको मृत्यु, तीन घाइते


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा आज अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् ।

दिउँसो ४ः२५ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित दासढुङ्गामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख ७३७१ नम्बरको आइचर ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा२१च ६८५९ नम्बरको कार एकापसमा ठोक्किएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा कारमा सवार तनहुँ स्याम्घा नगरपालिका–४ का २८ वर्षीय धर्मराज गौली र कास्की लेखनाथ नगरपालिकाका ३१ वर्षीय रामकृष्ण भुजेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । दुबैको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी कार चालक लमजुङ मध्यनेपाल नगरपालिका–७ का ४२ वर्षीय पदम सापकोटा, स्याङ्जा बिरुवा गाउँपालिका–३ का ४२ वर्षीय प्रसाद थापा र तनहुँ ब्यास नगरपालिका–६ का ४० वर्षीय जसमान परियार गम्भीर घाइते भएका छन् ।

उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ११ : १५ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा