भारतले कोरोना भ्याक्सिन निर्यात नगर्ने « Khabarhub

भारतले कोरोना भ्याक्सिन निर्यात नगर्ने


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले तत्काललाई कोरोना भ्याक्सिन निर्यात नगर्ने भएको छ ।

आफ्नै मुलुकमा संक्रमण बढ्न थालेपछि भारतले अक्फोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोभिशील्ड भ्याक्सिन निर्यातमा प्रतिबन्ध लगाएको हो।

विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएअनुसार  भारतमै कोरोना संक्रमित संख्या बढिरहेकाले तत्काललाई भ्याक्सिन निर्यातमा प्रतिबन्ध लगाइएको हो ।

भारतमा कोरोनाको नयाँ लहर शुरू भएसँगै पछिल्ला केही दिन यता औषत ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि हुन थालेको छ ।

भारतले निर्यात रोक्दा कोभ्याक्स योजनाअन्तर्गत खोप प्राप्त गर्ने १९० देशलाई असर पर्नेछ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेतृत्वमा कोभ्याक्सअन्तर्गत सबै देशमा भ्याक्सिन उपलब्धता सुनिश्चित गर्ने लक्ष्य छ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ७ : ४५ बजे

पश्चिम बंगालमा तृणमूलको गढ भत्किँदा केरलामा वाम पत्तासाफ, तामिल नाडुमा थलपति विजयको अभूतपूर्व उदय

काठमाडौं- भारतका विभिन्न ५ राज्य तथा केन्द्रशासित क्षेत्रमा सम्पन्न विधानसभा

जब उपचार कुरिरहेका वृद्ध वीर अस्पतालमा लाइन बस्दा-बस्दै ढले…

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको शक्तिशाली सरकारले देशभरका सरकारी कार्यालयबाट

सचिवालयको स्पष्टीकरण : प्रधानमन्त्रीले सञ्चारकर्मीलाई भिडियो खिच्न रोक्न निर्देशन दिएको होइन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न अवरोध

सार्वजनिक सेवा प्रसारण नेपालद्वारा पहिलो वार्षिक प्रतिवेदन पेस

काठमाडौं– सार्वजनिक सेवा प्रसारण नेपालले आफ्नो पहिलो वार्षिक प्रतिवेदन नेपाल