बीमावापतको रकम भुक्तानी नहुँदा औषधि खरिदमा समस्या « Khabarhub

बीमावापतको रकम भुक्तानी नहुँदा औषधि खरिदमा समस्या


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई बीमावापतको रु एक करोड भुक्तानी नहुँदा औषधि खरिदमा समस्या भएको छ ।

बीमा गरेका सर्वसाधारणले उपचार केन्द्रबाट निःशुल्क औषधि पाए पनि उक्त बापतको रकम अस्पताललाई प्राप्त नहुँदा अस्पतालले औषधि खरिद गर्न नसकेको हो ।

अस्पतालको आम्दानीको स्रोत नभएको र बीमावापतको औषधिको रु एक करोड विगत छ महिनादेखि प्राप्त हुन नसकेको उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए ।

“बीमाले अस्पताललाई रकम भुक्तानी नगर्दा औषधि खरिद प्रक्रिया अगाडि बढाउन सकेका छैनौँ”, डा श्रेष्ठले भने, “केही दिनभित्र रकम भुक्तानी नभए उपचार केन्द्रमा औषधि अभाव हुने भएको छ ।” उनले अस्पतालमा औषधि अभाव हुन नदिन छिट्टै रकम भुक्तानी गरिदिन आग्रह गरे ।

उपचार केन्द्रले फार्मेसीलाई नै औषधिवापतको रु ८० लाखभन्दा बढी भुक्तानी दिन बाँकी छ ।

“पहिलाकै पैसा दिनसकेका छैनौँ, बीमावापतको रकम आए त्यो भुक्तानी गरेर थप औषधि खरिद गर्ने योजनामा छौँ”, डा श्रेष्ठले भने । औषधि आपूर्तिकर्तालाई औषधि पठाउन आग्रह गरे पनि पहिलेकै भुक्तानी बाँकी भएकाले आपूर्तिकर्ताले पनि औषधि पठाउन मानेको छैन ।

अस्पतालमा दैनिक २०० सम्म बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ९० प्रतिशत बीमा गरेका बिरामी आउँछन् ।

“बीमाको रकम नपाउने समस्या देशभर नै हो, बीमा कार्यालयमा बुझ्दा जनशक्ति नभएर भुक्तानी दिन नसकेको भन्ने जवाफ आउँछ”, उनले भने ।

अस्पतालमा तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।

पचास शय्याको अस्पतालमा सवारी दुर्घटनाका घाइतेका साथै झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् ।

दक्षिण एशियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले केही वर्षअघि पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार शुक्लागण्डकी  नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रका नाममा प्रदान भइसकेको छ ।

अस्पतालमा तीन विशेषज्ञ र नौ मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नसारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ ।

त्यसबाहेक अस्पतालले केही दिन अगाडिबाट मात्र कल्चर सेवा पनि शुरु गरेको छ । अस्पतालमा बिहान १० बजेदेखि ४ बजेसम्म ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याब, भिडियो एक्सरे सेवा, माइनर शल्यक्रियालगायतका सेवा दिइरहेको छ ।

मेजर शल्यक्रिया र पाँच शय्याको सघन उपचारकक्ष सञ्चालनको तयारी गरिएको कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए ।

अस्पतालको थप सुधार र विकासका लागि गुरुयोजना पनि बनाइएको छ । गुरुयोजना निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको अस्पताल सञ्चालक समितिका सदस्य राम भण्डारीले जानकारी दिए ।

“गुणस्तरीय सेवा प्रवाहका लागि उपचार केन्द्रलाई पूर्वाधार अभाव पनि छ, सेवासुविधा विस्तारका लागि स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय भइरहेको छ”, भण्डारीले भने ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ३ : ५५ बजे

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति

जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित