कार्यकालको सय दिनभित्र २० करोड जनालाई खोप लगाउने बाइडेनको लक्ष्य | Khabarhub Khabarhub

कार्यकालको सय दिनभित्र २० करोड जनालाई खोप लगाउने बाइडेनको लक्ष्य


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको सय दिनभित्र २० करोड मानिसलाई कोरोना भाइरसविरुद्धको खोप दिइसकिने प्रतिबद्धता जनाएका छन् ।

ह्वाइट हाउस  गरिएको आफ्नो पहिलो पत्रकार सम्मेलनमा बोल्दै बाइडेनले कार्यकालको पहिलो १०० दिनभित्र २० करोड मानिसलाई खोप लगाइसक्ने लक्ष्य सुनाएका हुन् ।

योजना महत्वाकाङ्क्षी लागे पनि लक्ष्य पूरा हुने उनले दाबी गरेका छन् । अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ ।

अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ९ : १५ बजे

नेपालले भारतलाई उसकै घरमा हरायो, सावित्रा एक्लैले गरिन् दुई गोल

काठमाडौं – नेपाली महिला टोलीले भारतलाई उसकै घरमा हराएको छ

अनमोललाई राहत, प्रकाशलाई अर्को झट्का, तक्मे बूढालाई ‘पहिलो गाँसमै ढुङ्गो’

काठमाडौं – यो तिहारलाई लक्षित गरेर चार फिल्म प्रर्दशनमा आए

आन्दोलित नर्सहरूको दुखेसो, ‘पन्ध्र हजार तलबमा कुन मनोबलले काम  गर्नु ?’

निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक र

कैलालीका पर्यटकीयस्थलहरूमा पर्यटकको भीड

घोडाघोडी– विश्व रामसार सूचीमा सूचीकृत यहाँको घोडाघोडी ताल, चिसापानी र