आमिरको स्वास्थ्यप्रति चीनको चिन्ता « Khabarhub

आमिरको स्वास्थ्यप्रति चीनको चिन्ता


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– केही समयअघिदेखि भारतका कैयौं कलाकारलाई लगातार कोरोना संक्रमण भइरहेको छ । यो सूचीमा बलिउड सुपरस्टार आमिर खान पनि छन् ।

आमिरको प्रवक्ताले आमिरलाई कोरोना संक्रमण भएपछि उनी होम क्वारेन्टाइनमा रहेको पुष्टि गरिसकेका छन् ।

जीन्यूजमा प्रकाशित समाचारअनुसार आमिरको स्वास्थ्यलाई लिएर चीनमा रहेका उनका फ्यानहरुले चिन्ता व्यक्त गरेका छन् ।

आमिरका चिनियाँ फ्यानहरुले उनलाई कोरोना खोप लगाउन सल्लाह दिएका छन् । ‘आमिर खान सा’ब, के तपाईंले कोभिड–१९को खोप लगाउनुभयो ?’ भनेर उनका फ्यानहरुले सन्देश पठाइरहेका छन् ।

चीनका अधिकांश प्रान्त तथा सहरमा ठूलो मात्रामा निःशुल्क कोरोना खोप लगाउने अभियान चलेकाले पनि फ्यानले भारतमा यस्तो सुविधा छ या छैन भन्नेमा चासो देखाएका छन् ।

केही फ्यानले भने आमिरलाई चिनियाँ खोप लगाउन सल्लाह दिएका छन् । ‘के स्वस्थ भएपछि तपाईंले पनि चीनद्वारा उत्पादित भ्याक्सिन लगाउनुहुन्छ ?’ भनेर पनि सोधेका छन् । उनीहरुले आमिरलाई चाँडै स्वस्थ भएर नयाँ फिल्म निर्माणमा लाग्न आव्हान गरेका छन् ।

आमिरका अधिकांश फिल्मले चिनियाँ बक्स अफिसमा ठूलो सफलता पाउने गरेको छ । उनका फिल्महरु ‘थ्री इडियट्स’, ‘पीके’, ‘दंगल’ र ‘सिक्रेट सुपरस्टार’ चीनमा सर्वाधिक रुचाइएका फिल्ममा पर्दछन् ।

फिल्म ‘दंगल’ ले चीनका प्रमुख थिएटरमा केवल २६ दिनमा १ अर्ब युआनको कमाई गरेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  २ : ३० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले