संसदीय दलको बैठकमा जाने नेपाल समूहको निर्णय « Khabarhub

संसदीय दलको बैठकमा जाने नेपाल समूहको निर्णय


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल समूह सहभागी हुने भएको छ ।

अध्यक्ष ओलीले आज अपराह्न ३ बजेका लागि बोलाएको दलको बैठकमा नेपाल समूहका नेता जाने भएका हुन् ।

संसदीय दलको बैठकमा जाने कि नजाने भनेर छलफल गर्न आजै बोलाएको नेपाल समूहको केन्द्रीय कमिटी बैठकले दलको बैठकमा जाने निर्णय गरेको हो ।

नेपाल समूहका नेताहरूको बैठकले संसदीय दलको बैठकमा जाने र पार्टी स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक माग गर्ने निर्णय गरेको बैठकपछि नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । दलको बैठकमा सबै नेताहरू जाने उनले बताए ।

यसअघि, ओलीले बोलाएको बैठकमा सहभागी नहुने नेपाल समूहले बताउँदै आएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  २ : ४१ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज