कोरोना संक्रमणको जोखिममा विद्यालय | Khabarhub Khabarhub

कोरोना संक्रमणको जोखिममा विद्यालय


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखराको लामाचौरस्थित पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत इन्जिनियरिङ संकायका ७७ जना विद्यार्थीहरूमा कोराना संक्रमण भेटियो । उनीहरू गत चैत ३ गते सुरु भएको परीक्षामा सहभागी थिए ।

परीक्षार्थीमा संक्रमण देखिएपछि त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले अर्को सूचना नआएसम्मको लागि स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा स्थगित गरेको छ ।

पश्चिमाञ्चल क्याम्पसका सूचना अधिकारी खेमबहादुर पुलामीका अनुसार क्याम्पसको होस्टलमा बस्ने संक्रमित विद्यार्थीहरूलाई चिकित्सकको निगरानीमा क्याम्पसकै आइसोलेसन कक्षमा राखिएको छ । संक्रमित सबै विद्यार्थीको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

दैलेखको नारायण नगरपालिका–५ स्थित नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थीहरूमा ज्वरो आउने, रिँगटा लाग्ने र कम्पन हुने समस्या देखिएपछि बुधबारदेखि तीन दिनको लागि विद्यालय बन्द गरिएको छ ।

विद्यालयका प्राधानाध्यापक घनश्याम रेग्मीका अनुसार आइतबार, सोमबार र मङ्गलबार लागतार तीन दिनमा ३३० जनाभन्दा बढी विद्यार्थी बिरामी परेपछि बाध्य भएर चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा तीन विद्यालय बन्द गरिएको हो । भारतका विभिन्न प्रान्तहरूमा कोरोना संक्रमण बढ्न थालेपछि नेपाल सरकारले सबै शैक्षिक संस्था र अन्य निकायहरूलाई सर्तक रहन र भिडभाड नगर्न आग्रह गरेको छ ।

सजग देखिँदैनन् विद्यालय
यसै साताको एक दिन काठमाडौँको मध्य वानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा पुग्दा विद्यार्थीहरूको भिडभाड थियो । धेरै जसो विद्यार्थीहरूले मास्क लगाएका थिए तर तीमध्ये कतिपयले उचित तरिकाले लगाएका थिएनन् । कतिपयको नाक खुला देखिन्थ्यो त कतिपयको चिउँडोमा मात्रै थियो ।

विद्यालयका प्रधानाध्यापक रामाशीष यादवका अनुसार विद्यालयले मास्क नलगाई गेटबाट प्रवेश नदिने नियम लगाएको छ तर भित्र गएपछि विद्यार्थीहरू मास्क खोल्छन् वा उचित तरिकाले लगाउँदैनन् ।

विद्यार्थीहरूमा संक्रमणको जोखिम रहेको यादव बताउँछन् । उनले भने, ‘विद्यार्थीहरूलाई साबुनपानीले नियमित साबुन पानीले हात धुन भनेका छौँ ।’

विद्यालय तहका विद्यार्थीहरू चञ्चल स्वभावका हुने भएकाले उनीहरूलाई स्वास्थ्यका सुरक्षाको मापदण्डभित्र ल्याउन मुश्किल हुने प्रधानाध्यापक यादवको भनाइ छ । माथिल्लो कक्षाका अधिकांश विद्यार्थीहरू केही सजग भए पनि तल्लो कक्षाका विद्यार्थीमा भने त्यस्तो नदेखिने उनले बताए । अभिभावकहरूलाई पनि छोराछोरीलाई मास्क र स्यानिटाइजर दिएरमात्र स्कुल पठाउन आग्रह गरेको पनि उनले बताए ।

ज्ञानेश्वर स्थित कमल आधारभूत विद्यालयमा पनि कोरानाको जोखिमप्रति विद्यालय सजगता देखिँदैन । यसै साताको एक दिन उक्त विद्यालयमा पुग्दा धेरै जसो विद्यार्थीहरूले मास्क लगाएका थिएनन् । शिक्षहरूको अवस्था उस्तै थियो ।

विद्यार्थीलाई मास्क लगाउन आग्रह गरे पनि पूर्णरूपमा पालना गराउन नसकिएको विद्यालयका प्रधनाध्यापक मानबहादुर खड्काले बताए । उनले भने, ‘केही समय जोखिम कम भएको महसुस भएकाले केही बेवास्ता भएको थियो, फेरि संक्रमण बढ्न थालेको खबर आएपछि सजग भएका छौँ ।’

उच्च जोखिमा विद्यालय

शैक्षिक संस्था संवेदनशील क्षेत्र भएकाले स्वास्थ्य सुरक्षाको विषयमा सजग हुनुपर्ने जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेको भनाइ छ । पछिल्लो समय भारतमा कोरोना संक्रमण बढिरहेकाले नेपालमा पनि संक्रमण फैलन सक्ने उच्च जोखिम रहेको उनको भनाइ छ ।

उनले भने, ‘नेपालमा कोरोना संक्रमण बढ्यो भने सबैभन्दा बढी शैक्षिक क्षेत्रमा जोखिम हुन्छ ।’ उनका अनुसार एउटा विद्यार्थीलाई कोरोना देखियो भने त्यसले विकराल रूप लिन सक्छ ।

विद्यालयमा संक्रमणको जोखिम कम गर्न विद्यालय, अभिभावक र विद्यार्थी तीनै पक्ष सजग हुनुपर्ने डा. पाण्डेले बताए । विद्यार्थी दैनिक करिब ६ घण्टा विद्यालयमा बस्नुपर्ने र भिडभाड हुने भएकाले सक्रमणको जोखिम पनि बढी हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ४ : २२ बजे

संसदीय राजनीतिमै फर्किए विप्लव, ०८४ को चुनाव लड्ने निर्णय

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले

काठमाडौँमा बढ्दो वायु प्रदूषण

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क

बाराबाट २१६ किलो गाँजासहित दुई जना पक्राउ

बारा- बाराको निजगढ नगरपालिका-१० स्थित सडकबाट अवैध लागूऔषध गाँजा २

सुहाङलाई बधाई दिन इलाम पुगे एमाले अध्यक्ष ओली

विराटनगर – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभामा विजयी

नेप्सेले पार गर्‍यो मनोवैज्ञानिक रेखा 

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से)ले मनोवैज्ञानिक रेखा पार गरेको छ