जहाजभित्र साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान | Khabarhub Khabarhub

जहाजभित्र साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गीतकार हरिगोपाल प्रधानले हवाइजहाजभित्र साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।

उनले फेब्रुअरी १, २०२१ मा काठमाडौँदेखि नयाँ दिल्लीका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजभित्र तीन हजार ६०० फिट उचाइमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरमार्फत ‘मुटुमा सधैँभरी’ साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका हुन् ।

उक्त साङ्गीतिक एल्बममा राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार प्रदीपराज वन्त र सिर्जना डङ्गोलको मोडलिङ तथा आरती लक्ष्मी खड्गीले कोरियोग्राफी गरेका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले वरिष्ठ गीतकार प्रधानलाई आज वर्ल्ड बुक अफ रेकर्डस् नेपालको तर्फबाट सम्मान गरेका छन् ।

कार्यक्रममा उपराष्ट्रपति पुनले विश्व कीर्तिमानले नेपाली र नेपालको शिर ठाडो बनाएको बताए । “संसारमा कसैले नगरेको काम गरेर नयाँ रेकर्ड बनाउने काम आफैँमा गाह्रो काम हो, तपाईले रेकर्ड राखेर नेपालीको शिर ठाडो पार्नुभएको छ,” उनले भने ।

शहरी विकास राज्यमन्त्री मानन्धरले साङ्गीतिक क्षेत्रको नमूना देश नेपाल भएको जनाउँदै यसलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन जरुरी रहेको बताए । नेपालीहरूले धेरै क्षेत्रमा वर्ल्ड रेकर्ड बनाइसकेको उनको भनाइ थियो ।

गीतकार प्रधानले सबैको साथ, सहयोगका कारण आफूले विश्व रेकर्ड बनाउन सफल भएको बताए । सोही अवसरमा वर्ल्ड रेकर्ड बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १० : ३१ बजे

मधेशमा ४७ प्रतिशत मात्र रोपाइँ, यस्तो छ महोत्तरीको अवस्था (तस्बिरहरू) 

काठमाडौं– देशको अन्न भण्डारका रूपमा चिनिने मधेश प्रदेशमा यस वर्ष

यम्बे लाहुरेको पालाम वृतान्त !

सुनसरी – पालामको भाका र लयमा पान्थरको आङ्साराङ मावली घरमा

उदयपुरमा एक वर्षमा आठ हजार बढीले लिए राहदानी

उदयपुर– एक वर्षमा झण्डै साढे आठ हजार जनाले राहदानी लिएका

रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु

सप्तरी– सप्तरीको रुपनी गाउँपालिका– २ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने

थारू समुदायको मौलिक पहिचान छतरी हराउँदै

कञ्चनपुर– कञ्चनपुरका थारू समुदायका मौलिक पहिचान बोकेका छतरी (छाता) हराउँदै