बालुवाटारको जग्गा प्रकरणमा संलग्न भए कांग्रेस नेतालाई पनि कारबाही हुनुपर्छ– नेता सिंह « Khabarhub

बालुवाटारको जग्गा प्रकरणमा संलग्न भए कांग्रेस नेतालाई पनि कारबाही हुनुपर्छ– नेता सिंह


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


संखुवासभा– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटारको सरकारी जग्गा व्यक्तिलाई बिक्री गर्ने कार्यमा कांग्रेसकै नेता संलग्न  भए पनि कारबाही गर्नुपर्ने बताएका छन् ।

मंगलबार संखुवासभालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सि‌ंहले कांग्रेसले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएको उल्लेख गर्दै बालुवाटारकाे जग्गा प्रकरणमा दोषी देखिए कांग्रेसकै नेतालाई पनि कारबाही हुनुपर्ने बताए ।

बालुवाटारको सरकारी जग्गा कब्जा र खरिदबिक्री प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवासमेत मुछिएको प्रसंगबारे सोधिएको  प्रश्नमा सिंहको जवाफ थियो, ‘कांग्रेसका नेता होउन् या अरु कुनै पार्टीका होउन्, यसको निष्पक्ष तवरले छानविन गरेर कानून बमोजिम दण्ड सजाय हुनुपर्छ ।’

अर्को एक प्रसंगमा उनले सरकार संविधानको भावना र मर्मविपरित अगाडि बढिरहेको आरोप लगाए । ‘सरकारसँग दुई तिहाई बहुमत छ, संविधान केही होइन, कानुन केही होइन, भनेर रवैया देखाइरहेको छ,’ सिंहले भने ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ११ : १० बजे

इरानमाथि ठूलो हमला गर्ने मुडमा ट्रम्प, एक सातासम्म लम्बिन सक्छ युद्ध

काठमाडौं– अमेरिकाले मध्यपूर्वमा तीव्र गतिमा सेना, सैन्य उपकरण र हातहतियार

कास्कीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण

कास्की– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा

विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा आज वेस्ट

कालीगण्डकी लोकमार्ग : लमाए खोला पुल निर्माण आठ वर्षमा पूरा

पर्वत– उत्तर–दक्षीण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा

म्याग्दी नदीमाथि झोलङ्गे पुल निर्माण सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नम्बर– ४ को