‘छ माया छपक्कै’ मा दीपकराज गिरीसँग केकीको जोडी « Khabarhub

‘छ माया छपक्कै’ मा दीपकराज गिरीसँग केकीको जोडी


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका केकी अधिकारीलाई लिएर चलचित्र ‘छ माया छपक्कै’ निर्माणको औपचारिक घोषणा गरिएको छ । निर्माता रोहित अधिकारीको लगानी रहने गरी ‘छक्का पञ्जा’ टिमसँगको सहकार्यमा निर्माण गर्न लागेको यो फिल्म छायांकनमा जानुअघि नै दर्शकमाझ प्रतीक्षित बनेको छ ।

चलचित्र युनिटले सोमवार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो । फिल्ममा ‘छक्का पञ्जा’ टिमका साथै नायिका केकी अधिकारी पनि अनुबन्ध भएको घोषणा गरियो ।

चलचित्रको निर्देशन दीपेन्द्र लामाले गर्नेछन् भने कथा पनि निर्देशक लामाकै हुनेछ । लामाका अनुसार यो फिल्मको कथा फरक खालको छ । फिल्म ‘छक्का पञ्जा’ को सिक्वेल नभएर बिल्कुलै फरक कथा भएको पनि लामाले दाबी गरे । यद्यपि फिल्ममा ‘छक्का पञ्जा’ टिमका शीर्ष कलाकारको अभिनय भने रहने बताइएको छ ।

दीपकराज गिरीले पटकथा तयार पारेको यो फिल्मको कथामा केदार घिमिरे, जितु नेपाल र अभिमन्यु निरवीको संवाद देख्न सकिनेछ । यस्तै फिल्मलाई दशैँको अवसर पारेर रिलिज गरिने भएको छ ।

जेठ पहिलो साताबाट छायांकनमा जाने भनिएको यो फिल्ममा निर्माता रोहित अधिकारीको लगानी रहनेछ । दीपकराज गिरीको टिमले भने फाइदाको पचास प्रतिशत पाउने गरी सहकार्य गरेको हो ।

फिल्ममा केकी अधिकारी र दीपकराज गिरीको जोडी देख्न सकिनेछ । अन्य कलाकारको छनोट हुन बाँकी रहेको निर्माण टिमले बताएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १२ : ०५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग