बेलायती पाठ्यक्रममा ‘मुन्नी बदनाम हुई’ « Khabarhub

बेलायती पाठ्यक्रममा ‘मुन्नी बदनाम हुई’


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– विद्यालयका लागि शुक्रबारबाट इंग्ल्याण्डमा सुरु गरिएको नयाँ संगीतको पाठ्यक्रममा भारतीय शास्त्रीय संगीत, बलिउडका हिट र भाँगडा बिट समेटिएको छ । यहाँको शिक्षा विभागले इंग्ल्याण्डका सबै विद्यालयमा यो योजना लागु गरिएको उल्लेख गरेको छ ।

अमर उजालामा प्रकाशित समाचारअनुसार धेरै भन्दा धेरै युवाहरुलाई संस्कृतिको माध्यमबाट संगीतको बारेमा जानकारी दिने अवसरका रुपमा यसलाई प्रस्तुत गरिएको छ ।

पाठ्यक्रममा किशोरी अमोनकरको ‘सहेली रे’, अनुष्का शंकरको ‘इण्डियन समर’, ए आर रहमानको ‘जय हो’ र बलिउड बक्सअफिस हिट गीत ‘मुन्नी बदनाम हुई’ समेटिएको छ ।

निर्देशिकामा आधुनिक ब्रिटिश पहिचान समृद्ध र विविधतापूर्ण रहेको स्वीकार्न उल्लेख छ । फिल्म ‘दबंग’मा समेटिएको गीत ‘मुन्नी बदनाम हुई’लाई गीतमा संगीत, नृत्य र रंगीन दृश्यमा बलिउड फिल्मको कैयौं विशेषता समेटिएको पाठ्यक्रममा उल्लेख छ ।

शिक्षा विभागले पाठ्यक्रम १५ संगीत शिक्षा विशेषज्ञ, शिक्षक र संगीतकारको समितिले तयार पारेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ११ : ४० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले