सय करोड बजेटका यी फ्लप स्टार « Khabarhub

सय करोड बजेटका यी फ्लप स्टार


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– फिल्ममा पैसा र स्टार पावरमात्र भएर हुँदैन, त्यसको कथाबस्तुले दर्शकलाई बाँध्न सक्नुपर्छ भन्ने उदाहरण बलिउडमा धेरै देखिएका छन् ।

अझ केही फिल्मका कुरा गर्ने हो भने झण्डै सय करोडको हाराहारी बजेटमा स्टार कलाकार राखेर अभिनय गराइएका फिल्म बक्सअफिसमा फ्लप मात्र भएका छैनन्, ती फिल्ममा अभिनय गर्ने कलाकारको स्टारडम के होला भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।

बलिउडमा यस्ता केही फिल्म छन्, जुन फिल्म स्टार कलाकार राखेर सय करोडको बजेटमा बने पनि फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप बन्यो ।

जीन्यूजले आफ्नो एक समाचारमा यस्तै फिल्मको बारेमा उल्लेख गरेको छ ।

अभिनेता सलमान खान अभिनित फिल्म ‘ट्यूबलाइट’ सन् २०१७ मा रिलिज भएको थियो । यो फिल्मको बजेट १ सय ३५ करोड थियो ।

कवीर खान निर्देशित यो फिल्मप्रति दर्शक र व्यापार विश्लेषकको ठूलो आशा थियो । तर फिल्मले जम्माजम्मी १ सइ १४ दशमलब ५७ करोडको मात्र व्यापार गरेको थियो ।

प्रेम सम्बन्ध टुटेपछि अभिनेता रणवीर कपूर र अभिनेत्री कटरीना कैफ फिल्म ‘जग्गा जासूस’मा सँगै देखिए । झण्डै १ सय ३१ करोडको बजेटमा अनुराग बसुले निर्देशन गरेको फिल्मले बक्सअफिसमा ५२ दशमलब ६१ करोड मात्र व्यापार गरेको थियो ।

आशुतोष गोवारिकर निर्देशित फिल्म ‘मोहनजो दारो’को अवस्था उस्तै रह्यो । १ सय ३८ करोडको बजेटमा निर्माण भएको यो फिल्म बक्सअफिसमा हिट हुनेमा धेरै आशावादी थिए । तर फिल्मले भारतमा मात्र ५२ दशमलब ६६ करोडको व्यापार गर्यो ।

निर्देशक अनुराग कश्यपको अर्को मेगा बजेट फिल्म ‘बम्बे वेलवेट’को अवस्था झनै दुःखद रह्यो । १ सय ५० करोडमा निर्माण भएको अनुष्का शर्मा, रणवीर कपूर र करण जोहार अभिनित फिल्म पूर्ण रुपमा असफल रह्यो । फिल्मले भारतमा मात्र २२ दशमलब ८० करोडको कलेक्सन गर्यो ।

फिल्म ‘रा.वन’ अभिनेता शाहरुख खानको ‘ड्रिम प्रोजेक्ट’ नै थियो । १ सय ३० करोडमा निर्माण भएको यो फिल्मका लागि शाहरुखले निकै मेहनत पनि गरेका थिए । तर फिल्मले १ सय १३ दशमलब ९४ करोड भन्दा बढी व्यापार गर्न सकेन ।

माधुरी दीक्षित, सञ्जय दत्त, सोनाक्षी सिन्हा, वरुण धवन, आलिया भट्टलगायतका स्टारले अभिनय गरेको फिल्म ‘कलंक’ बक्सअफिसमा कलंक नै साबित भयो । १ सय ५० करोडमा निर्माण भएको फिल्म भारतमा मात्र ८० दशमलब शुन्य ३ करोड पैसा उठायो ।

शाहरुख खान, कटरीना कैफ र अनुष्का शर्मा अभिनित फिल्म ‘जीरो’को अवस्था सम्झनलायक रहेन ।

२ सय ७० करोड बजेटमा निर्माण भएको फिल्ममा शाहरुख होचो मान्छेको भूमिकामा थिए । फिल्मले ८८ दशमलब ७४ करोडको मात्र कमाई गर्यो ।

३ सय १० करोडको बजेटमा निर्माण भएको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ले बक्सअफिसमा राम्रै ठग्यो । अमिताभ बच्चन, आमिर खान, कटरीना कैफ र फातिम सना शेख जस्ता स्टार कलाकार भएर पनि फिल्मले बक्सअफिसमा कमाल गर्न सकेन । फिल्मले बक्सअफिसमा १ सय ३४ दशमलब ३४ करोडको मात्र व्यापार गर्यो ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  १ : ५५ बजे

डा. लाल प्याथल्याब्सद्वारा विराटनगर प्रयोगशालाको औपचारिक शुभारम्भ

विराटनगर- डा. लाल प्याथल्याब्स नेपालले विराटनगरमा आफ्नो प्रयोगशालाको औपचारिक शुभारम्भ

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले