म्यानमारमा सैन्य दमनको विश्वसमुदायद्वारा दुःख व्यक्त | Khabarhub Khabarhub

म्यानमारमा सैन्य दमनको विश्वसमुदायद्वारा दुःख व्यक्त


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- म्यानमारमा निर्वाचित सरकारमाथि धाँधली गरी निर्वाचन आफ्नो पकडमा पारेको आरोप लगाउँदै सेनाले सत्ता सम्हालेपछि देशभर प्रदर्शन भइरहेका छन् ।

यसै शिलशिलामा शनिबार भएका प्रदर्शनहरूमा सैनिक सरकारद्वारा निर्मम रूपमा बल प्रयोग गरेको र दर्जनौँ व्यक्तिको मृत्यु भएको छ ।

उक्त घटनाप्रति राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेर्रेस, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, ब्रिटिश विदेशमन्त्री डोमिनिक राबले लगायत विश्वसमुदायले दुःख व्यक्त गरेको छ ।

घटनापछि अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले म्यानमारमा भएको घटनाले वाशिङ्टन ‘मर्माहत’ भएको बताएका छन् ।

उनले भने,“शनिवारको घटनाले सैन्य शासकहरू केही मानिसको फाइदाका लागि सर्वसाधारणको जीवनमाथि कसरी धावा बोल्छन् भन्ने प्रष्ट भएको छ । साहसी मानिसहरूले सैनिकहरूले आतङ्कित पारेर शासन गर्ने सोचको अस्वीकार गर्दै भएको प्रदर्शनमा नागरिकहरू मारिनु दुखद् हो ।”

म्यानमारस्थित अमेरिकी दूतावासले यसअघि नैसुरक्षा फौजले ‘निःशस्त्र सर्वसाधारणको हत्या गरिरहेको’ बताएको थियो ।

शनिबार दर्जनौँ मानिस मारिएपछि गत महिना गरिएको सैन्य ‘कू’ पछिको सबभन्दा बढी मानिस मारिएको वा घाइते भएको दिन भनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन् । शनिबार एक सयभन्दा बढी मानिस मारिएको बताइएको छ ।

अमेरिकी दूतावासले त्यसअघि सुरक्षा फौजले ’निःशस्त्र सर्वसाधारणको हत्या गरिरहेको’ बताएको थियो ।

शनिबारको सैनिक दमनपछि पनि राजधानी याङ्गुनका सडकमा टायर बाल्दै प्रदर्शनकारी सशक्त रूपमा सेनाको ‘अप्रजातान्त्रिक’ कदम र त्यसपछिका निरन्तर अभ्यासहरूको प्रतिकार गरिरहेका छन् ।

सेनाको चेतावनीबीच प्रदर्शनकारीहरू शहर र नगरहरूमा बाहिर निस्केपछि बालबालिकासहित सर्वसाधारणमाथि घातक प्रहार गरिएको बताइएको छ ।

राजबन्दी निगरानी समूह ‘द असिस्टेन्स असोसियशन फर पोलिटिकल प्रिजनर्स’ ले ९१ जना मारिएको जनाएको छ । यद्यपि स्थानीय सञ्चारमाध्यमले उक्त सङ्ख्याभन्दा धेरै व्यक्ति हताहत भएको जनाएका छन् ।

म्यानमारमा गत फेब्रुअरी १ मा सैन्य ‘कू’ भए यता प्रदर्शनकारीलाई दमन गर्ने क्रममा ४०० जना भन्दा बढीको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।

आङ सान सु चीको दल ‘नेशनल लिग फर डेमोक्रेशी’ले भारी बहुमत ल्याएपछि सेनाले शासन सत्ता आफ्नो नियन्त्रणमा लिएको र सेनाको उक्त कदम अप्रजातान्त्रिक भएको प्रदर्शनकारीहरूले बताउँदै देशमा प्रजातन्त्रलाई पुनः स्थापित गर्नु नै आफूहरूको निर्दिष्ट लक्ष्य भएको बताइएको छ ।

सेनाको भनाइ र गराइमा विरोधाभास

गत हप्ता सम्पन्न म्यानमारको सैन्य दिवसमा टेलिभिजनमा सम्बोधन गर्दै सैन्य कूपछि सरकारको नेतृत्व सम्हालेका नेता मिन आङ लाइङले सेनाले ‘प्रजातन्त्रलाई बचाउनका लागि पूरा देशसँग हात मिलाएको’ बताएका थिए ।

तर साताको अन्त्यमा देशभर प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग र गोली चलाउनुले उनको भनाइ र कामबीच तादाम्यता नदेखिएको ‘द असिस्टेन्स असोसियशन फर पोलिटिकल प्रिजनर्स’ ले बताएको छ ।

यसैबेला पूर्वी म्यान्मारको एउटा जातीय समूहले उसको नियन्त्रणमा रहेको क्षेत्रमा सैन्य जेटहरूले निसाना बनाएको बताएको छ । कारेन नेशनल युनियनले थाई सीमा नजिकै एउटा सैन्य पोस्टमा आगो लगाएको खबर आएको केही घण्टाभित्रै उक्त सैन्य कारबाही भएको बताइएको छ ।

यसले कैयौँ वर्षको शान्तिपछि अब उक्त समूह र सेनाबीच तनाव बढ्ने आशङ्का गरिएको छ । (रासस/एपी)

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ८ : ४४ बजे

क्षेत्राधिकार कटौतीमा परेको बृहत्तर बराहक्षेत्र विकास समितिले के काम गर्ला ?

काठमाडौं- सुनसरी, उदयपुर र धनकुटा जिल्ला कार्यक्षेत्र रहेको बृहत्तर बराहक्षेत्र

चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

भोजपुर– सरकारले घुम्नुपर्ने १०० पर्यटकीय गन्तव्य घोषणा गरेको  मुन्दुम पदमार्गका

वेस्ट इन्डिजविरुद्ध आयरल्यान्डको फराकिलो जित

काठमाडौं – आयरल्यान्डले वेस्ट इन्डिजसँगको एक दिवसीय खेलमा फराकिलो अन्तरको

राप्ती आँखा अस्पतालमा जलविन्दु उपचार सेवा सुरु

दाङ– दाङको राप्ती आँखा अस्पताल रक्षाचौरले जलविन्दु (ग्लुकोमा) रोगको विशेषज्ञ

स्कुटर चोरी गर्ने गिरोहसहित आठजना पक्राउ

भक्तपुर- ‘प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) हुँ’ भन्दै ठगी गर्दै हिँड्ने