छाला पोलेमा वा जलेमा यसरी गर्न सकिन्छ घरेलु उपचार | Khabarhub Khabarhub

छाला पोलेमा वा जलेमा यसरी गर्न सकिन्छ घरेलु उपचार


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आधुनिक जीवनशैलीमा प्रत्येक व्यक्ति यति हतारमा हुन्छन् कि जसले गर्दा कहिलेकाहीँ केही घटनाहरु घट्न जान्छन् । जसले गर्दा परिवारमा विपत्तिहरु आउँदछन् । त्यसैले केही सावधानिक तथा घरेलु औषधीले ठूलो खर्च हुनबाट बचाउन सक्छ । आकस्मिक रोगमहरुमध्ये पोल्नु वा जल्नु पनि एक महत्वपूर्ण मानिन्छ । यस रोगको घरेलु औषधु निम्नानुसार छ –

—घ्युकुमारीको ताजा गुदीमा हलेदो मिलाई जलेको ठाउँमा लगाउनाले आराम मिल्दछ ।

—काँचो दूधमा नरिवलको तेल मिलाई पोलेको ठाउँमा लगाउनाले तुरुन्तै आराम मिल्छ ।

—निमको पातलाई जलाई त्यसमा मह मिलाएर पोलेको ठाउँमा लगाउनाले आराम मिल्छ ।

—चन्दनको तेल र माटो मिलाई पोलेको ठाउँमा लगाउनाले घाउ निको हुन्छ ।

—तुलसीको पातलाई माटोमा मिलाई पिसेर जलेको ठाउँमा लगाउनाले लाभ मिल्छ ।

—जलेको स्थानलाई सफा राख्नु जरुरी हुन्छ त्यसैले नियमित धुनुहोस् ।

—पोलेको स्थानमा लसुनको तेल लगाउनाले किटाणु उत्पनन हुन पाउँदैन ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ५ : ३७ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन