स्वेज नहरमा अड्किएको कार्गो पानीजहाजलाई किनारामा सारियो « Khabarhub

स्वेज नहरमा अड्किएको कार्गो पानीजहाजलाई किनारामा सारियो


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इजिप्ट – स्वेज नहरको एक किनारामा धसिएर अरु जहाजको आवातजावत नै बन्द गराएको एउटा विशाल कार्गो पानीजहाजलाई इन्जिनियरहरूले बल्लतल्ल मूल जलमार्गतर्फ नै आंशिक रुपमा सार्न सफल भएका छन् ।

नहरको रेखदेख गर्ने निकायले उक्त जहाजलाई कहिले मूल जलमार्गमा छाडिनेछ भन्ने विस्तृत विवरण भने दिएका छैनन् ।

म्यारिन–ट्राफिक डट कमले सार्वजनिक गरेको भूउपग्रहीय तस्वीरमा एक किनारामा धस्सिएको जहाजलाई जलमार्गतर्फ धकेल्न सफलता प्राप्त भएको देखिएको छ ।

झण्डै एक साताअघि विशाल आकारको एभर गिभेन नामको कार्गो पानीजहाज स्वेज नहरको आवातजावत नै रोक्ने गरी किनारालाई छोएर अड्किएको थियो । यसबाट नहरमा ट्राफिक जामको स्थिति उत्पन्न भएको थियो । एक तथ्यांक अनुसार, विश्वको कूल व्यापारको झण्डै ९ अर्ब डलर बराबरको सामान यही नहरको मार्ग हुँदै दैनिक आवातजावत हुने गर्दछ ।

यस नहरको जलमार्गबाट दैनिक कम्तीमा ३६७ वटा कार्गो पानीजहाज ओहोरदोहोर गर्दछन् । यसमा कच्चा तेलदेखि गाईवस्तु समेतका सामानको ढुवानी हुने गर्दछ । यो जलमार्ग बन्द भएपछि अन्य जहाजहरु अफ्रिकाको दक्षिणी भेगहुँदै घुमाउरो जलमार्ग प्रयोग गर्न बाध्य भएका थिए ।

एभर गिभेनलाई सोझो बनाउन १० वटा टगबोट प्रयोग गरिएको लेह एजेन्सीजले जनाएको छ । एजेन्सीजले पानीको सतहलाई पनि बढाएर दिनरात काम गरेको थियो ।

विशाल पानीजहाज एभर गिभेन करिब ४०० मिटर लामो छ भने यो दुई लाख २० हजार टन वजनको छ । यस जहाजलाई जलक्षेत्रमा पुनः फर्काउन जहाजमा रहेका करिब २० हजार कन्टेनर झिक्नु परेको थियो । (रासस–एपी)

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ४ : १३ बजे

एक महिनापछि खुल्यो चिडियाखाना (तस्बिरहरू)

काठमाडौं– बर्डफ्लु संक्रमण फैलिएपछि करिब एक महिनादेखि बन्द ललितपुरको जावालाखेलस्थित सदर

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौं– सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम सम्पत्ति विवरण

नयाँ आर्थिक वर्षको पहिलो दिन ७९ अंकले बढ्यो नेप्से

काठमाडौं– आर्थिक वर्ष ०८३/८४ को पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

भाइरल बन्न ‘चिप’ शब्द हाल्दा बहिष्कारमा दुर्गेश-प्रियंका

काठमाडौं – एक नाबालिग गायिकाको बालत्कार प्रकरणमा जोडिएपछि बहिष्कारमा परेका

मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

काठमाडौं– उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई