सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुरु « Khabarhub

सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुरु


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाको उच्चस्तरीय सुरक्षा तालिम आजबाट शुरु भएको छ । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा बलाधिकृत रथी प्रभुराम शर्माले तालिमको शुभारम्भ गरेका हुन् ।

तालिमको शुभारम्भ गर्दै बलाधिकृत रथी शर्माले यस किसिमको उच्च तहको तालिमले सहभागीहरुमा राष्ट्रिय सुरक्षा सम्बन्धी विविध विषयहरुमा विस्तृत ज्ञान प्राप्त हुने बिश्वास ब्यक्त गरे ।

कार्यक्रमको शुरुवातमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले स्वागत मन्तव्य राखेका थिए ।

तालिम चैत्र ३१ गतेसम्म सञ्चालन हुनेछ । तालिममा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा सुरक्षा निकायहरुका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरु, विश्‍व विद्यालय तथा शिक्षण संस्थाहरु, नेपाल रेडक्रस सोसाइटी तथा राष्ट्रिय समाचार समितिका गरी जम्मा २७ जना शिक्षार्थीहरुको सहभागिता रहेको छ ।

 अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थिती तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयहरु समावेश गरी संचालन गरिने यस्तो तालिमबाट विभिन्न सरोकारवालाहरुबीच सुरक्षा सम्बन्धि विषयहरुमा साझा समझदारीको विकास हुने, सहकार्यको वातावरण विकास हुने तथा नीति निर्माण कार्यमा टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १० : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै