श्रीलंकामा भएको आतंककारी आक्रमणहरुमा ४२ विदेशी मारिएको पुष्टि « Khabarhub

श्रीलंकामा भएको आतंककारी आक्रमणहरुमा ४२ विदेशी मारिएको पुष्टि


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


श्रीलंका– श्रीलङ्कामा गत अप्रिल २१ मा शृङ्खलाबद्ध रुपमा भएका आत्मघाती आक्रमणमा ज्यान गुमााएका २५३ जना मध्ये ४२ जना विदेशी नागरिक रहेको पुष्टि भएको छ ।

अझै पनि १२ विदेशी नागारिक वेपत्ता रहेका विदेशी मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । तीन ओटा चर्च र तीन ओटा होटलमा भएका आत्मघाती आक्रमणमा परेर घाइते भएका पाँच जना विदेशी नागरिकको उपचार भइरहेको जनाइएको छ ।

श्रीलङ्काको विदेश मन्त्रलयद्धारा जारी विज्ञप्तिका अनुसार यस आक्रमणहरुका मारिएका सब भन्दा विदेशी नागरिक भारतका रहेका छन् । भारतका १२ जना नागरिक रहेका छन् । त्यसपछि क्रमशः बेलायतका छ जना, चीनका चार जना र डेनमार्कको तीन जना रहेका छन् ।

त्यसैसगरी साउदी अरेबिया, स्पेन र टर्कीका दुई दुई जनाले सो आक्रमणमा ज्यान गुमाए भने बङ्गलादेश, जापान, नेदरल्याण्ड, पोर्चुगल स्विट्जरल्याण्ड र संयुक्त राज्य अमेरिकाका एक–एक नागरिकले सो आक्रमणमा परी ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ३ : ३९ बजे

अर्थमन्त्री डा वाग्लेसँग अमेरिकाका सहायक विदेश कुपरले भेट

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग संयुक्त राज्य अमेरिकाका सहायक

यूएईविरुद्धको खेलमा कुशल बने प्लेयर अफ द म्याच

काठमाडौं – टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत यूएईविरुद्धको दोस्रो खेलमा नेपालका कुशल

पोखराको लेकसाइडमा पर्यटकलाई हैरान बनाउने थप तीन महिला पक्राउ

काठमाडौं – पोखराको पर्यटकीय केन्द्र लेकसाइड क्षेत्रमा पर्यटकलाई हैरान बनाउने

गायक रामकृष्णको फिल्म ‘मालती मंगले’को गीत ‘झ्याम पारम’ सार्वजनिक

काठमाडौं – वैशाख २५ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘मालती

चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न अनुरोध

पर्सा – सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर