अभिनेताभन्दा अग्ला यी अभिनेत्रीहरू « Khabarhub

अभिनेताभन्दा अग्ला यी अभिनेत्रीहरू


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडका अभिनेत्रीहरु निकै सुन्दर छन् र उनीहरुको सुन्दरतामा एउटा इटा थप्ने काम उनीहरुको उचाईले पनि गरेको छ । अर्थात् उनीहरु जति अग्ला छन्, त्यति नै सुन्दर पनि छन् । उनीहरुको उचाईलाई नजिकबाट नियालेका अभिनेताहरु फिल्मको पर्दामा कतै आफू भन्दा अग्लो त देखिँदैनन् भनेर सोचमग्न पनि हुने गर्दछन् ।

अमर उजालाले आफ्नो अनलाइन संस्करणमा बलिउडका यस्ता केही अग्ला अभिनेत्रीहरुको बारेमा एउटा समाचार तयार पारेको छ । यी अभिनेत्रीहरुलाई कैयौं पटक पत्रकारहरुले उनीहरुको उचाई बढ्नुको कारणबारे पनि सोधेका छन् ।

अग्लो अभिनेत्रीको सूचीमा पहिलो नाम अभिनेत्री सुष्मिता सेनकै आउछ । अभिनयबाट दुरी बनाए पनि सन् २०१० मा ओटीटी प्लेटफर्मममा धमाकेदार पुनरागमन गरिन् । वेब सिरिज ‘आर्या’मा उनको अभिनयलाई निकै रुचाइएको थियो । यसबाहेक उनी निजी प्रेमजीवनका कारण पनि चर्चामा आइरहेकी छन् । यिनै सुस्मिताको उचाई ५ फिट ७ इञ्च छ ।

अभिनेत्री दीपिका पादुकोण पनि निकै अग्ली अभिनेत्रीमा गनिन्छिन् । उनले बलिउडमा निकै हिट फिल्म दिएकी छन् र उनका केही नयाँ फिल्म रिलिजको तयारीमा पनि छन् । उनको उचाई ५ फिट ७ इञ्च छ ।

अभिनेत्री कटरीना कैफले छोटो समयमा नै बलिउडमा विशेष स्थान बनाएकी छन् । उनले बलिउडमा एक से एक हिट फिल्म दिएकी छन् । अग्ली अभिनेत्रीहरुको सूचीमा कटरीना पनि पर्छिन् । उनको उचाई ५ फिट ६ इञ्च छ ।

पूर्व मिस वल्र्ड र विश्वभर आफ्नो सुन्दरता तथा अभिनयका कारण ख्याती कमाएकी अभिनेत्री प्रियंका चोपडा हालका दिनमा आफ्नो पुस्तक र न्यूयोर्कमा खोलेको सोना रेष्टुरेन्टका कारण चर्चामा छिन् । यी अभिनेत्री ५ फिट अग्ली छिन् ।

अभिनेत्री अनुष्का शर्माले फिल्म ‘रब ने बना दी जोडी’बाट फिल्मी दुनियाँमा पाइला चालिन् । यसपछि उनले कैयौं फिल्ममा काम गरिन् र केही फिल्म निर्माण पनि गरिन् । उनको उचाई ५ फिट ६ इञ्च छ ।

अभिनेत्री शिल्पा सेठ्ठी बलिउडको सबैभन्दा फिट अभिनेत्रीमा पर्छिन् । यो उमेरमा पनि उनले आफूलाई निकै फिट राखेकी छन् । उनी प्रायः सामाजिक सञ्जालमा आफ्नो फिटनेस रहस्यलाई फ्यान माझ साझा गर्छिन् । उनको उचाई पनि निकै अग्लो छ । उनको उचाई ५ फिट ६ इञ्च छ ।

अभिनेत्री सोनम कपूर पनि बलिउडको अग्ली अभिनेत्रीमा पर्छिन् । उनको उचाई ५ फिट ९ इञ्च छ । उनले फिल्म ‘साँवरिया’बाट फिल्मी करियर सुरुवात गरेकी थिइन् ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १० : ३० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क