होलीमा सामूहिक झडप हुँदा ज्यान गुमाएका दुई जनाको चार दिनपछि अन्त्येष्टि « Khabarhub

होलीमा सामूहिक झडप हुँदा ज्यान गुमाएका दुई जनाको चार दिनपछि अन्त्येष्टि


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- होली खेल्ने क्रममा सामूहिक झडपपश्चात् ज्यान गुमाएका दुवैको शव आज अन्त्येष्टि गरिएको छ ।

गत आइतबार जिल्लाको निसीखोला गाउँपालिका–७ र बडीगाड गाउँपालिका–१० को सिमाना बल्देधुरीमा दुई गाउँका युवाबीच झडप हुँदा निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईंको मृत्यु भएको थियो ।

उनीहरुको शव सोमबार बुर्तिबाङ शव परीक्षणका लागि लगिएको थियो ।

शव परीक्षण भए पनि घटनामा संलग्न दोषीलाई पक्राउ नगर्दासम्म परिवार शव बुझ्न मानेका थिएनन् । आज प्रहरीले घटनामा संलग्न भएको आरोपमा छ जनालाई पक्राउ गरेपछि परिवार शव बुझ्न तयार भएका हुन् ।

शव बुझेपछि परम्परागतरुपमा अन्त्येष्टि गरिएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ का सभापति दोर्ण कुँवरले बताए । दर्लिङ खोलामा कुँवर र दमाईंको अन्तिम दाहसंस्कार गरिएको छ ।

उनीहरुको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाएर कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा, क्षेत्रीय सभापति दोर्ण कुँवरलगायत नेता कार्यकर्ताले अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

कुँवर कांग्रेस बागलुङका जिल्ला सदस्य हुन् भने दमाईं सक्रिय कार्यकर्ता हुन् ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १० : ०० बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन