माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै « Khabarhub

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने नेता गणेश साहले जानकारी दिए ।

बैठका नयाँ सत्ता समीकरण, सरकारलाई दिएको समर्थन फिर्तालगायतका विषयमा छलफल गर्ने तयारी रहेको साहले बताए । तर यसको निर्णय आजै हुन्छ या हुन्न भन्नेबारे निधो भएको छैन ।

फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि अलग्गै दलको रूपमा व्यूँतिएको माओवादी केन्द्र सरकारबाट अलग भइसके पनि उसले अहिलेसम्म समर्थन फिर्ता लिएको छैन।

माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदा नयाँ सरकार गठनमा अन्यौलता छाएको छ । अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेविना सरकार बनाउन माओवादी केन्द्र, कांग्रेस र जसपाबीच गठबन्धन अनिवार्य देखिन्छ । तर यी तीन घटकबीच अहिलेसम्म सत्ता समीकरणका लागि साझेदारी बन्न सकेको छैन ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न माओवादी केन्द्र लागि परेको छ । ओलीको उक्त कदमलाई असंवैधानिक भनेका अरू राजनीतिक दलहरू देखिने गरी प्रधानमन्त्री फेर्न नलागे पनि ओलीलाई नै समर्थन गर्न भने नसकिने जनाउँदै आएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ८ : ४९ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ