माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै | Khabarhub Khabarhub

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने नेता गणेश साहले जानकारी दिए ।

बैठका नयाँ सत्ता समीकरण, सरकारलाई दिएको समर्थन फिर्तालगायतका विषयमा छलफल गर्ने तयारी रहेको साहले बताए । तर यसको निर्णय आजै हुन्छ या हुन्न भन्नेबारे निधो भएको छैन ।

फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि अलग्गै दलको रूपमा व्यूँतिएको माओवादी केन्द्र सरकारबाट अलग भइसके पनि उसले अहिलेसम्म समर्थन फिर्ता लिएको छैन।

माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदा नयाँ सरकार गठनमा अन्यौलता छाएको छ । अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेविना सरकार बनाउन माओवादी केन्द्र, कांग्रेस र जसपाबीच गठबन्धन अनिवार्य देखिन्छ । तर यी तीन घटकबीच अहिलेसम्म सत्ता समीकरणका लागि साझेदारी बन्न सकेको छैन ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न माओवादी केन्द्र लागि परेको छ । ओलीको उक्त कदमलाई असंवैधानिक भनेका अरू राजनीतिक दलहरू देखिने गरी प्रधानमन्त्री फेर्न नलागे पनि ओलीलाई नै समर्थन गर्न भने नसकिने जनाउँदै आएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ८ : ४९ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल सोज १५ गते मंगलबार तदनुसार

दाउन्नेमा बाटो भासियो : पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी – पश्चिम नवलपरासीको जङ्गलमा बाटो भासिएपछि पूर्व-पश्चिम राजमार्ग पूर्ण

२०८१ साल असोज १५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल सोज १५ गते मंगलबार तदनुसार

क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चालन गर्न दुई अर्ब ५० करोड लाग्ने

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक तथा

बाढीपहिरो प्रभावितका लागि राहत कोषमा तत्काल रु एक अर्ब उपलब्ध गराइने

काठमाडौं – नेपाल सरकारले हालै आएको बाढीपहिरोबाट प्रभावित जनताको तत्काल