अर्जेन्टिनाका राष्ट्रपति कोरोना संक्रमित | Khabarhub Khabarhub

अर्जेन्टिनाका राष्ट्रपति कोरोना संक्रमित


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई कोभिड–१९ सङ्क्रमण भएको छ ।

कोभिड–१९ को खोप लगाइसक्नु भएका राष्ट्रपतिलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको हो ।

राष्ट्रपति फर्नान्डेजले ट्वीट गर्दै आफूलाई ज्वरो र हल्का टाउको दुखेपछि एन्टिजेन परीक्षण गराएको र त्यसले कोभिड–१९ पोजेटिभ देखाएको बताएका छन् ।

६२ वर्ष पुगेका राष्ट्रपति फर्नान्डेजले आफू आइसोलेसनमा रहे पनि शारीरिक रुपमा तन्दुरुस्त रहेको बताएका छन् ।

राष्ट्रपति फर्नान्डेजले रसियाली स्पुतनिक भी खोप लगाएका थिए । उनले दोस्रो डोज पनि गत फेब्रुअरी ११ मा लगाएको राष्ट्रपति कार्यालय स्रोतले एएफपीलाई बताएको छ ।

अर्जेन्टिनामा हाल कोभिड–१९ को दोस्रो लहर चलेको छ र कोरोना सङ्क्रमितको संख्या दिनहुँ बढेको पाइएको छ ।

अर्जेन्टिनामा कोभिडबाट २३ लाख मानिस सङ्क्रमित भएका र ५५ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ । रासस/एएफपी

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ३ : ०५ बजे

रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

कानुनविपरीत वैदेशिक रोजगारमा पठाउनेलाई कारबाही गरिने

काठमाडौं – वैदेशिक रोजगार विभागले कुनै पनि व्यक्ति वा संस्थाले

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

म्याग्दी – म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–८ नागीमा युवाहरुलाई चोयाका सामान बनाउने

प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा

काठमाडौं– प्रमुख १० अपराधमध्ये पहिलो स्थानमा बैंकिङ कसुरका मुद्दा देखिएको