नेपाल समूहको दुई महिने अभियान घोषणा, एकताको पक्षमा फर्किन ओलीलाई आग्रह (भिडियोसहित) « Khabarhub

नेपाल समूहको दुई महिने अभियान घोषणा, एकताको पक्षमा फर्किन ओलीलाई आग्रह (भिडियोसहित)


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताको पक्षमा दुई महिने अभियानको घोषणा गरेको छ ।

कलंकीको एक पार्टी प्यालेसमा शुक्रबार र शनिबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले २०७५ जेठ २ को संरचनामा फर्की एकताको पक्षमा फर्किन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरेको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले नेता योगेश भट्टराईले विभिन्न अधिवेशन, महाधिवेशनहरबाट आएका कमिटीहरु पुनः सन्चालन गर्ने र आवश्यकता अनुसार गठन पुनर्गठन हुने बताए ।

‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नाराका साथ दुई महिने अभियान चलाइने भट्टराईले बताए । यसक्रममा अध्यक्ष ओलीले आफ्नो निर्णय सच्याउनुपर्ने उनको भनाइ छ ।

माधव नेपाल लगायतका नेताहरुमाथि गरिएको कारवाहीको अर्थ नहुने समेत उनले बताए ।

अभियानका क्रममा अधिवेशन/महाधिवेशनबाट आएका र २०७५ जेठ २ मा कायम भएका कमिटीहरूको पुन: सञ्चालन तथा आवश्यकता अनुसार गठन पुनर्गठन हुनेछ । यसका लागि केन्द्रीय सदस्य र नेताहरुलाई पार्टी प्रतिनिधिका रुपमा जिल्ला जिल्लामा खटाइने नेता योगेश भटटराईले जानकारी दिए ।

यो अभियान पार्टी एकताको रक्षाका लागि भएको उनले बताए । एमालेको एकता संकटमा रहेको भन्दै उनले भने, ‘आजको बैठकले दुई पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने २३ फागुनको सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठलाई आधार मानेर पार्टी एकतामा फर्कन अध्यक्षलाई आग्रह गरेको छ ।’

बैठकले पार्टी स्थापना दिवस, मनमोहन अधिकारी स्मृति दिवस, मदन आश्रित स्मृति दिवसमा पार्टी एकताको पक्षमा विचार गोष्ठी लगायतका कार्यक्रम गर्ने निर्णय पनि भएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ५ : ५३ बजे

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन