यु–१६ क्रिकेट : दाङ र पाल्पाको विजयी शुरूवात « Khabarhub

यु–१६ क्रिकेट : दाङ र पाल्पाको विजयी शुरूवात


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – रुपन्देहीको भैरहवामा ‘लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता’ शुरू भएको छ । ‘बलियो नेपाल’ को आयोजनामा शनिबार टी–२० क्रिकेट शुरू भएको हो ।

शनिबार भएका दुई खेलमा दाङले प्यूठानलाई १२६ रन र पाल्पाले नवलपरासीलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै विजयी शुरूवात गरेका छन् ।

सिद्धार्थ रङ्गशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको दाङले ९ विकेटको क्षतिमा १७६ रनको योगफल बनायो । उसका लागि आशिष ओलीले ५९ बलमा ११ चौकाको मद्दतले अविजित ६८ रन बनाए ।

यस्तै, प्रभाकर कुँवरले २५, रोहित डाँगीले २१ र अभिषेक चौधरीले १६ रन बनाए । बलिङमा प्यूठानका अविनाश सापकोटाले ३, विशाल रायमाझी र पशुपति खनालले १—१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको प्यूठान ११.५ ओभरमा अलआउट हुँदै ५० रनमै समेटियो । उसका लागि समसेर भट्टले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

उसलाई सस्तैमा रोक्न बलिङमा दाङका सुजल ओलीले ४ ओभरमा १ मेर्डन राख्दै १७ रन खर्चेर ४ विकेट लिए । आशिषले ३, केरमान घर्तीमगरले २ र आयुष ओलीले १ विकेट लिए । आशिष ओली म्यान अफ द म्याच भए ।

अर्को खेलमा टस जितेर ब्याटिङ गरेको नवलपरासीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ९६ रन बनायो । उसका लागि विष्णुहरि थापाले मगरले ३५, नुर आलम अन्सारीले १३, अभिषेक पटवाले ११ र कृष्णचन्द्र चौधरीले १० रन बनाए । बलिङमा पाल्पाका सुदीप जिसी र नरेश सूर्यवंशीले समान ४—४ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको पाल्पाले ११.५ ओभरमा २ विकेटको क्षतिमा ९९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा रूपेश बस्यालले ४६, रूपक सापकोटाले १८ र अलिक सुनारले १७ रन बनाए ।

बलिङमा नवलपरासीका विजयकुमार लोहार र रितेश भट्टराईले १—१ विकेट लिए । नरेश सूर्यवंशी म्यान अफ द म्याच भए ।
पोषण र खेलकुदलाई सँगसँगै लैजाने उद्देश्यले ‘बलियो नेपाल’ ले पहिलो पल्ट ‘प्रदेशस्तरीय यु–१६ टी–२० क्रिकेट प्रतियोगिता’ आयोजना गरेको हो । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टिम सहभागी छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ९ : ०५ बजे

फागुन ७ स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको दिन जनताको

‘उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र

आहा रारा गोल्डकप : दोस्रो सेमिफाइनलमा आज आभा एफसी र जावलाखेल भिड्ने

पोखरा– आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनलको

भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु

चितवन– चितवनको भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु भएको छ ।

विश्वपमा आज तीन खेल : पहिलो खेलमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै इटाली

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा आज तीन खेल हुँदैछन्। पहिलो