राष्ट्रपतिद्वारा इतिहासकार पन्तको पुस्तकालय अवलोकन | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा इतिहासकार पन्तको पुस्तकालय अवलोकन


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज वडा नं १५ डल्लु आवासस्थित इतिहासकार महेशराज पन्तको निवासमा रहेको पुस्तकालयको अवलोकन गरेकी छन् ।

नेपालको इतिहास र संस्कृत विद्याको खोजी गर्ने संस्था ‘संशोधन मण्डल’ रहेको पन्तको निवासमा विसं १८४५ देखिका लालमोहर, मल्ल राजाका चिनो र प्राचीन धर्म एवं दर्शनका दुर्लभ ग्रन्थहरु सुरक्षित रुपमा सङ्ग्रह गरी राखिएका छन् ।

नेपालको इतिहासबारे लेखिएका अनुसन्धानात्मक कृतिहरुमा भएका गल्तीहरूको खण्डन र शुद्धीकरण गर्ने काम संशोधन मण्डलले २००९ सालदेखि गर्दैआएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रका यस्ता बहुमूल्य निधिको संरक्षण र सम्बर्द्धन गर्नुपर्ने खाँचो औँल्याइन् ।

उनले भनिन्, ‘राष्ट्रको गौरवपूर्ण इतिहासलाई ओझेलमा पर्न नदिन र यसबारे भावी सन्ततिलाई जानकारी दिन संशोधन मण्डलजस्ता अन्वेषण र अनुसन्धानमा समर्पित संस्थाहरुको संस्थागत विकास हुनुपर्दछ ।’

शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले प्राचीन ग्रन्थ एवं कृतिको रक्षा गर्दै संस्कृतिलाई जीवन्त राख्ने दायित्व सरकारको भएको बताउँदै संशोधन मण्डललाई कस्तो किसिमको सहयोग चाहिएको हो त्यसबारे एक ठोस कार्ययोजनासहितको प्रस्ताव दिन आग्रह गरे ।

इतिहासकार पन्तले आर्थिक स्रोत, जनशक्ति र पुस्तक सङ्ग्रह गर्ने ठाउँ पर्याप्त नभएकाले संशोधन–मण्डलका लागि तीनै कुराको विस्तार भइदिए राम्रो हुने विचार व्यक्त गरे । – रासस

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ९ : २१ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने