पत्रकार महासंघको महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो « Khabarhub

पत्रकार महासंघको महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल पत्रकार महासङ्घले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ । त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने जनाइएको छ ।

निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासङ्घले केन्द्रीय प्रतिनिधि खटाएको जनाएको छ ।

महासङ्घका सचिव प्रकाश थापाका अनुसार प्रदेश नं १ मा उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा केन्द्रीय सदस्य उद्धव तिमिल्सिना र सटेन्द्र जवेगु केन्द्रीय प्रतिनिधि तोकिएका छन् ।

यस्तै प्रदेश नं २ मा सचिव शितल महतोको नेतृत्वमा केन्द्रीय सदस्यहरू सुरेश यादव र शैलेन्द्र झा, वागमती प्रदेशमा सचिव रामप्रसाद दाहालको नेतृत्वमा केन्द्रीय सदस्य टेकराज थामी र नकुल अर्याल केन्द्रीय प्रतिनिधि तोकिएका छन् ।

गण्डकी प्रदेशमा कोषाध्यक्ष राजेश मिश्रको नेतृत्वमा केन्द्रीय सदस्य नवीन कुइकेल, लुम्विनी प्रदेशमा सचिव थापाको नेतृत्वमा केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी केन्द्रीय प्रतिनिधिका रुपमा जिम्मेवारी सम्हाल्ने छन् ।

कर्णाली प्रदेशमा सचिव लक्ष्मी पुनको नेतृत्वमा केन्द्रीय सदस्य हरिहर सिंह राठौर र पूर्णप्रसाद चम्लागाई, सुदूरपश्चिम प्रदेशमा सचिव रेम विश्वकर्माको नेतृत्वमा मीन वम र श्याम भट्ट तथा उपत्यका प्रदेशमा उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा सदस्य छेटु शेर्पा र गोपाल वराइलीलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ ।

त्यस्तै, प्रतिष्ठान र एशोसिएट प्रदेशमा थापाकै नेतृत्वमा केन्द्रीय सदस्यहरू टिकाराम प्रधान, जानुका वराल र राजेश चाम्लिङलाई जिम्मा दिइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १० : ४६ बजे

अर्थमन्त्रीले राष्ट्रपतिलाई गराए नयाँ बजेटबारे जानकारी

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको

प्रधानमन्त्रीको प्रत्यक्ष निगरानीका आयोजना नै अलपत्र, डेढ दशक बित्दा पनि पूरा भएनन्

काठमाडौं- राष्ट्रिय आयोजना आयोगका अध्यक्षमा प्रधानमन्त्री स्वयम् रहने व्यवस्था देशका

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रममा सात लाख बेरोजगार सूचीकृत

काठमाडौं– सरकारद्वारा सञ्चालित ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ मा चालु आर्थिक

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न निजी क्षेत्रको आग्रह

काठमाडौं– निजी क्षेत्रका छाता सङ्गठन नेपाल उद्योग परिसङ्घ र नेपाल