बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी « Khabarhub

बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बिलभन्दा कम सामान दिएर उपभोक्तालाई ठगी गरेको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले शुक्रबार र शनिबार उपभोक्ताले दिएको उजूरीका आधारमा गरेको बजार अनुगमनमा बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी गरेको पाइएको हो ।

ठगी गर्नेमा राजेश हार्डवेयर प्रालि बालाजु शाखा रहेको छ । उक्त हार्डवेयरले गोरखकाली सोलार एण्ड मेटल वर्कसपलाई बिलभन्दा कम सामान दिएर ठगी गरेको पाइएको हो ।

नापतौल कार्यालयका प्रमुख एवं वरिष्ठ निरीक्षक मनिसकुमार दासले फलामे एङ्गल, स्टिल रङ, पाता, एसएस पाइपलगायतमा धेरै परिणामको बिल बनाइ कम सामान उपभोक्तालाई दिएको भन्दै उनीहरुलाई कारवाहीको दायरामा ल्याइएको जानकारी दिए ।

गोरखकाली सोलार एण्ड मेटल वर्कसपको नाममा जारी गरिएको बिलमा १८८.१ किलोग्राम फलामे एङ्गलमा १४.३ किलोग्राम, ३१८.४ किलोग्राम एसएस रडमा २८.८ किलोग्राम, २०१.१ किलोग्राम फ्ल्याटमा १०.६ किलोग्रामसम्म कमी रहेको कार्यालय प्रमुख दासले बताए ।

नापतौल कार्यालयले राजेश हार्डवेयर बालाजु कार्यालयको सटरसमेत शिलबन्दी गरेको छ । सो हार्डवेयरले विभिन्न कम्पनीका रङ, स्टिललगायतका सामग्री बिक्रीवितरण गर्दै आएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  २ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै