अक्षय कुमारलाई कोरोना संक्रमण « Khabarhub

अक्षय कुमारलाई कोरोना संक्रमण


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडका ‘खेलाडी कुमार’ले परिचित अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । ५३ वर्षीया अभिनेताले सामाजिक सञ्जालमा आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार उनले एक पोस्ट लेख्दै आफूमा संक्रमित भएको बताएका हुन् ।

‘म सबैलाई यो कुरा भन्न चाहन्छु कि आज बिहान मेरो कोभिड–१९ टेस्ट पोजिटिभ आएको छ । सबै प्रोटोकलको पालना गरिरहेको छु । मैले तुरुन्त आफूलाई आइसोलेट गरिसकेको छु । म होम क्वारेन्टाइनमा छु र आवश्यक स्वास्थ्य सहयोग लिइरहेको छु । मेरो सम्पर्कमा आएका सबैले आफ्नो टेस्ट गराउनुहोला । चाँडै नै एक्सनमा फर्किनेछु’, उनले लेखेका छन् ।

अक्षय मुम्बईमा नयाँ फिल्म ‘राम सेतु’को सुटिङ गरिरहेका थिए । चार दिन पहिला नै उनले फिल्ममा आफ्नो लुक्स सार्वजनिक गरेका थिए । फिल्ममा उनी एक पुरातत्वविदको भूमिका निभाउदैछन् ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  २ : २१ बजे

भारतको कूटनीतिक परीक्षणमा रविको उदय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पाँचदिने

भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

चितवन– यहाँस्थित कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न पत्रकारहरूको अध्ययन भ्रमण

गण्डकी– गण्डकी प्रदेशका ओझेलमा परेका तथा कम प्रचारप्रसार भएका पर्यटकीय

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर

मध्यविन्दु– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा