करेलाको भरुवा अचार बनाउने तरिका « Khabarhub

करेलाको भरुवा अचार बनाउने तरिका


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

डल्ले खालको हरियो करेला   – १२ वटा

जिरा – ५० ग्राम

धनिया– २०० ग्राम

देशी सुप– १०० ग्राम

तील– २०० ग्राम

सर्स्यूँ– १०० ग्राम

मूलाको बीऊ– १०० ग्राम

मेथी – ५० ग्राम

तोरीको तेल– १ लिटर

नुन– २ चम्चा (ठूलो चम्चाको)

बेसार– १ चम्चा (ठूलो चम्चाको)

ज्वानु– ५० ग्राम

ल्वाङ, अलैँची, दालचिनी मिलाएर– १५ ग्राम

ज्यामिर– ४ दाना

लसुन– १०० ग्राम

अदुवा– ५० ग्राम

मुङ्ग्रेलो– ५० ग्राम

बाँसको सिन्का वा धागो– आवश्यकता अनुसार

बनाउने विधि :

-करेला सफा गरेर पेटमा चिर्ने भित्रका दाना निकाल्ने र एक दिन घाममा सुकाउने ।

-माथि उल्लेखित सबै मसला राम्ररी केलाई छुट्टा छुट्टै भुटेर मसिनो पारेर पिँध्ने । लसुन, अदुवा पनि पिँध्ने, खुर्सानीको धूलो भुटेर राख्ने ।

-ज्यामिरको रस बनाउने गेडा छानेर सबै मरमसला, नुन, खुर्सानी मिसाएर मोल्ने, अमिलो इच्छा अनुसार राख्न सकिन्छ ।

– मसला तेल राखेर राम्ररी फिट्ने र ओइलाएको करेलामा मिलाएर टम्म पारेर भर्ने । करेलाको पेटमा धागोले बाँध्ने वा सिन्काले सिउने ।

-पाकेपछि यो सरक्क झिक्न पाइयोस् ।

– ठूलो पेनमा तेल तताउने (नपुगेमा थप्न सकिन्छ) । ताकि सबै करेला त्यसमा अटाओस् ।

-तेल तातेपछि करेला पेनमा राख्ने र मन्द आँचमा ४५ मिनेट जति पकाउने । पाकेपछि करेला चाम्रो देखिन्छन् । यसलाई सेलाएर सिसीमा राख्ने ।

साभार : सजिलो कुकिङ पुस्तकबाट

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ५ : ५० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल