यस वर्षको एसइई परीक्षामा साढे ५ लाख विद्यार्थी सहभागी हुने « Khabarhub

यस वर्षको एसइई परीक्षामा साढे ५ लाख विद्यार्थी सहभागी हुने


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा करिब साढे ५ लाख विद्यार्थी सहभागी हुने भएका छन् ।

रजिष्ट्रेशन फारम भरेको आधारलाई लिने हो भने यस वर्षको एसइई परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख २० हजार रहेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले बताए ।

उनले भने, ‘कुनै कुनै जिल्लाका स्कुलहरुले पठाएको तथ्याङ्कमा कोड नम्बरहरु राम्रोसँग नबुझिएकाले सामान्य तलमाथि हुन सक्छ ।’

त्यस्तै २ हजार ३० परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ । धेरै जसो जिल्लामा पुरानै परीक्षा केन्द्रलाई तय गरिएको उनले बताए ।

केही जिल्लाले अघिल्लो वर्षको भन्दा एक/दुई वटा थप पठाएकाले २ हजार ३० वटासम्म परीक्षा केन्द्र हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ ।

अघिल्लो वर्षको एसइई परीक्षाको लागि १९ सय ५५ वटा परीक्षा केन्द्र तोकिएको थियो ।

आवश्यक सबै तथ्याङ्क रुजु भैनसकेकाले नियमित परीक्षा दिने विद्यार्थी र ग्रेडवृद्धिको लागि परीक्षा दिने विद्यार्थीको संख्या नछुट्टिएको पनि उनले जानकारी दिए ।

उनले भने, ‘रुजु गर्ने सबै काम सकिएपछि हामी, नियमित र ग्रेडवृद्धिको परीक्षा दिने विद्यार्थीहरुको संख्या छुट्याउछौँ ।’

त्यसैगरी परीक्षाको लागि आवश्यक प्रश्नपत्रको आन्तरिक काम सकिएको उनले बताए ।

उनले भने, ‘परीक्षा नियन्त्रण कार्यालयले गर्नुपर्ने एसइई प्रश्नपत्रको आन्तरिक कामहरु सकिएर छाप्नको लागि तयारी अवस्थामा छन् ।’

अझै दुई जिल्लाले पठाएनन् तथ्याङ्क

परीक्षा नियन्त्रण कार्यालयले गत फागुन २६ गते सूचना जारी गर्दै एसइई परीक्षा सञ्चालनको लागि केन्द्र थप गर्नु परे शिक्षा विकास तथा समन्वय इकाइले सम्बन्धित प्रदेश शिक्षा विकास निर्देशनालयसँग समन्वय गरेर चैत १० गते भित्र परीक्षा नियन्त्रण र्कायालयको वेभसाइटमा पठाउन निर्देशन दिए पनि दुई जिल्लाले अहिले कुनै तथ्याङ्क नपठाएको अधिकारीले बताए ।

उनले भने,‘ सप्तरी र काठमाडौं जिल्लाले अहिलेसम्म कुनै पनि जानकारी गराएका छैनन् । सप्तरीसँग सम्पर्क गर्दा इकाई प्रमुख बिरामी भएकाले बैठक वस्न नसकेका कारण ढिला भएको जानकारी आएको उनले बताए ।

त्यस्तै काठमाडौं जिल्लाले पनि अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको उनको भनाइ छ । जतिसक्दो चाँडो तथ्याङ्क पठाउन इकालाई आग्रह गरेको उनले बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ९ : ५८ बजे

सिंहदरबारमा गाभिएका मन्त्रालयको नाम परिवर्तन सुरु, अब १८ मन्त्रालय मात्रै

काठमाडौं – सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सुझाव

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली– नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस इतिहासकै

गगनले मनोनयन गरेका कांग्रेस कार्यसमिति सदस्य के भन्छन् ?

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २८ वैशाखमा थप १९

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौं– नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय