यस वर्षको एसइई परीक्षामा साढे ५ लाख विद्यार्थी सहभागी हुने « Khabarhub

यस वर्षको एसइई परीक्षामा साढे ५ लाख विद्यार्थी सहभागी हुने


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा करिब साढे ५ लाख विद्यार्थी सहभागी हुने भएका छन् ।

रजिष्ट्रेशन फारम भरेको आधारलाई लिने हो भने यस वर्षको एसइई परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख २० हजार रहेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले बताए ।

उनले भने, ‘कुनै कुनै जिल्लाका स्कुलहरुले पठाएको तथ्याङ्कमा कोड नम्बरहरु राम्रोसँग नबुझिएकाले सामान्य तलमाथि हुन सक्छ ।’

त्यस्तै २ हजार ३० परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ । धेरै जसो जिल्लामा पुरानै परीक्षा केन्द्रलाई तय गरिएको उनले बताए ।

केही जिल्लाले अघिल्लो वर्षको भन्दा एक/दुई वटा थप पठाएकाले २ हजार ३० वटासम्म परीक्षा केन्द्र हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ ।

अघिल्लो वर्षको एसइई परीक्षाको लागि १९ सय ५५ वटा परीक्षा केन्द्र तोकिएको थियो ।

आवश्यक सबै तथ्याङ्क रुजु भैनसकेकाले नियमित परीक्षा दिने विद्यार्थी र ग्रेडवृद्धिको लागि परीक्षा दिने विद्यार्थीको संख्या नछुट्टिएको पनि उनले जानकारी दिए ।

उनले भने, ‘रुजु गर्ने सबै काम सकिएपछि हामी, नियमित र ग्रेडवृद्धिको परीक्षा दिने विद्यार्थीहरुको संख्या छुट्याउछौँ ।’

त्यसैगरी परीक्षाको लागि आवश्यक प्रश्नपत्रको आन्तरिक काम सकिएको उनले बताए ।

उनले भने, ‘परीक्षा नियन्त्रण कार्यालयले गर्नुपर्ने एसइई प्रश्नपत्रको आन्तरिक कामहरु सकिएर छाप्नको लागि तयारी अवस्थामा छन् ।’

अझै दुई जिल्लाले पठाएनन् तथ्याङ्क

परीक्षा नियन्त्रण कार्यालयले गत फागुन २६ गते सूचना जारी गर्दै एसइई परीक्षा सञ्चालनको लागि केन्द्र थप गर्नु परे शिक्षा विकास तथा समन्वय इकाइले सम्बन्धित प्रदेश शिक्षा विकास निर्देशनालयसँग समन्वय गरेर चैत १० गते भित्र परीक्षा नियन्त्रण र्कायालयको वेभसाइटमा पठाउन निर्देशन दिए पनि दुई जिल्लाले अहिले कुनै तथ्याङ्क नपठाएको अधिकारीले बताए ।

उनले भने,‘ सप्तरी र काठमाडौं जिल्लाले अहिलेसम्म कुनै पनि जानकारी गराएका छैनन् । सप्तरीसँग सम्पर्क गर्दा इकाई प्रमुख बिरामी भएकाले बैठक वस्न नसकेका कारण ढिला भएको जानकारी आएको उनले बताए ।

त्यस्तै काठमाडौं जिल्लाले पनि अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको उनको भनाइ छ । जतिसक्दो चाँडो तथ्याङ्क पठाउन इकालाई आग्रह गरेको उनले बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ९ : ५८ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा