साताका दोस्रो दिन नेप्से एक अंकले बढ्यो « Khabarhub

साताका दोस्रो दिन नेप्से एक अंकले बढ्यो


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको दोस्रो सोमबार सेयर बजार नेप्से परिसूचक १.१३ अंकले बढेको छ ।

० दशमलव ०४ प्रतिशतले बढेर नेप्से २६५८.७४ बिन्दुमा पुगेको हो । सामान्य वृद्धि भए पनि नेप्से अहिलेसम्‍मकै उच्‍चतम् बिन्दुमा पुगेको हो ।

सुरुवाती कारोबारमा नेप्से २६८० बिन्दुको उचाइमा पुगेको थियो । तर, क्रमश: नेप्से ओरालो लाग्यो । ओरालो लाग्‍ने क्रममा नेप्से २६४० बिन्दुसम्म पुगेको थियो । १२ बजेपछि बजार इन्डेक्स फेरि बढ्न थाल्यो । केही समयको वृद्धिपछि प्राय नेप्से स्थिर बिन्दुमा कायम रह्यो ।

बैंकिङ समूहमा ११ दशमलव ७९ अंकले घटेको छ । एनआइसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ । ९६ रुपैयाँले बढेको यो लघुवित्तको सेयर मूल्य प्रति कित्ता एक हजार ५७ रुपैयाँ रुपैयाँ छ ।

राधी जलविद्युतको सेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेर ४८५ रुपैयाँ पुगेको छ । वोमी लघुवित्त र सानिमा जनरल इनस्योरेन्सको सेयर मूल्य ९ प्रतिशत भन्दा बढी अंकले बढेको छ । अपर तामाकोशीको सेयर मूल्य ३४ करोड ७५ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । आइएमइ जनरल इन्स्योरेन्सको सेयर मूल्य ३१ करोड ३४ लाख रुपैयाँ कारोबार पुगेको छ ।

कुल सेयर कारोबार ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ रुपैयाँ छ । ७३ हजार ५९८ पटकको कारोबारमा एक करोड ५८ लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ४ : ५० बजे

यस्ता छन् प्रगतिशील लोकतान्त्रिकको पहिलो बैठकका १५ निर्णय

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय समितिको पहिलो बैठकले

देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ

धरान– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाकानगर प्रमुख हर्कराज

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय