सैनिक ‘कु’विरुद्ध म्यानमारी सुन्दरी हानको यस्तो आक्रोश « Khabarhub

सैनिक ‘कु’विरुद्ध म्यानमारी सुन्दरी हानको यस्तो आक्रोश


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्मा– सौन्दर्य प्रतियोगिता विजेता एक सुन्दरीको कुनै भनाई राष्ट्रिय पत्रपत्रिकामा चर्चाको विषय बनेको उदाहरण सायदै त कमै होला ।

तर जब ‘मिस ग्राण्ड म्यानमार’ हान लेले गत हप्ता देशमा सेनाले गरेको अत्याचारको बारेमा आफ्ना भनाई राखिन्, त्यो भनाईले सारा विश्वको ध्यान उनीतिर नै तानियो ।

‘आज मेरो देश म्यानमारमा कैयौं मानिसहरु मारिएका छन् । कृपया हामीलाई सहयोग गर्नुहोस् । हामीलाई अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग चाहिएको छ’, थाइल्याण्डमा भएको ‘मिस ग्राण्ड इन्टरनेशनल २०२०’मा हानले भनेकी थिइन् ।

यो समारोह भन्दा करिब एक महिनाअघि २२ वर्षकी हानले म्यानमारको सबैभन्दा ठूलो सहर यंगूको सडकहरुमा सैन्य ‘कु’को विरोध गरिरहेकी थिइन् ।

दुई महिनाअघि म्यानमारका सेनाले ‘कु’ गरेर देशको सर्वोच्च नेता आङ साङ सु कीसमेत कैयौं नेताहरुलाई गिरफ्तार गरेको थियो र सत्ता आफ्नो हातमा लिएको थियो ।

गत वर्षको नोभेम्बर ८ मा आएको चुनावी परिणामा सुकीको नेसनल लिग फर डेमोक्रेसी पार्टीले ८३ प्रतिशत सिट जित हासिल गरेको थियो । यो चुनावलाई कैयौंले सुकीको सरकारको जनमत संग्रहको रुपमा हेरेका थिए । सन् २०११ मा सैन्य शासन सकिएपछि यो दोस्रो चुनाव थियो ।

सेनाको ‘कु’को विरोधमा हजारौं मानिसहरुले देशको सडकमा आएर प्रदर्शन गरेका थिए । प्रदर्शनकारीलाई हटाउन सेनाले पहिला फोहोराको प्रयोग गरेको थियो । त्यसपछि पनि विरोध नथामिएपछि सेना र प्रहरीले सुरुमा रबरको गोली, त्यसपछि वास्तविक गोली चलाए ।

गत शनिबार म्यानमारमा जारी विरोध प्रदर्शन सबैभन्दा दुःखद थियो । यो दिन एकैदिन सबैभन्दा बढी प्रदर्शनकारी मारिएका थिए ।

म्यानमारमा चलिरहेको गतिविधिलाई नियालिरहेको एक स्थानीय समूहका अनुसार विगत दुई महिनादेखि जारी प्रदर्शनमा हालसम्म करिब पाँच सय बढीको मृत्यु भइसकेको छ । सेभ द चिल्ड्रेनका अनुसार मृतकमध्ये ४३ बच्चा पनि छन् ।

हान यंगून विश्वविद्यालयमा मनोविज्ञानकी छात्रा छिन् । उनले आफ्नो देशको बारेमा अन्तर्राष्ट्रियस्तरमा कुरा गर्ने प्रतिबद्धता जनाएकी छन् । त्यहीकारण उनले सौन्दर्य प्रतियोगिताको मञ्चलाई आफ्नो भनाई राख्ने उपयुक्र्त स्थान मानिन् ।

‘म्यानमारमा पत्रकारहरुलाई हिरासतमा लिइएको छ । यसकारण मैले यो निर्णय लिएकी छु कि जे भइरहेको छ, त्यसको विरोधमा आवाज उठाउनेछु’, बैंककबाट उनले फोनमा बीबीसीसँग भनेकी छन् ।

दुई मिनेटको आफ्नो भाषणका कारण देशको सेनाको निशानामा पर्ने भएर उनी अझैं तीन महिनासम्म थाइल्याण्डमै रहनेछिन् । उनले थाइल्याण्डमा आउनु अघि नै उनले आफू खतरामा रहेको र केही समय देशभन्दा बाहिर बस्नुपर्ने महशुस गरेको खुलाएकी छन् ।

‘मलाई मेरो र आफ्नो परिवारको सुरक्षाको बारेमा चिन्ता छ । मैले सेना र देशको वर्तमान अवस्थाका बारेमा धेरै कुरा बोलिसकेकी छु । म्यानमारमा सेनाको बारेमा कुराकानी गर्ने विषयमा सबैलाई आफ्नो दायरा थाहा छ । मेरो साथीहरुले मलाई म्यानमार नफर्किन भनिसकेका छन्’, हानले भनेकी छन् ।

हानका अनुसार उनको भनाईपछि न त सेनाले न त कुनै सरकारी अधिकारीले उनीसँग सम्पर्क गरेका छन् । यद्यपि उनको सामाजिक सञ्जालमा भने धम्कीपूर्ण प्रतिक्रिया आइरहेको छ ।

हानले सैन्य ‘कु’पछिको सातामा उनीसँग विरोध प्रदर्शनमा सहभागी कैयौं छात्रा अहिले जेलमै रहेको बताइन् । उनको एक साथीको मृत्यु भएको छ ।

‘ऊ त विरोध प्रदर्शनमा सहभागी पनि भएको थिएन । ऊ कफीका लागि बेलुका एक रेष्टुरेन्टमा गएको थियो, तर उसलाई गोली हानेर मारियो’, उनले भनेकी छन् ।

हानको परिवार अहिले सुरक्षित छ । तर हालका दिनमा म्यानमारमा इन्टरनेट सम्पर्क राम्रो नभएका कारण उनले आफ्नो परिवारसँग राम्ररी सम्पर्क गर्न पाएकी छैनन् । हान सुकीलाई आफ्नो सबैभन्दा ठूलो प्रेरणा मान्छिन् ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १० : १० बजे

वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य : नेता आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वातावरण संरक्षणका

‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न

भान्छादेखि बिरामीको बेडसम्म करको भार

गणपति, गणका मालिक श्रीगणेश, गणनाथ र वैदिक संस्कृतिको पर्याय हो–

पोखरा बसपार्कका संरचना नभत्काउन अदालतको अन्तरिम आदेश

पोखरा– पोखरा बसपार्क क्षेत्रका संरचना हटाउने तयारी भइरहेका बेला उच्च