विद्यालय छेउका चिया पसल प्रहरीको निगरानीमा : एसएसपी लामा « Khabarhub

विद्यालय छेउका चिया पसल प्रहरीको निगरानीमा : एसएसपी लामा


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) बसन्तकुमार लामाले महानगरका विद्यालय तथा कलेज नजिक र गल्लीका चिया पसलहरुमा प्रहरीले निगरानी बढाएको बताएका छन् ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको आयोजना तथा सामुदायीक प्रहरी सेवा केन्द्र, १०,३१ र ३२ को संयुक्त सहयोगमा राजधानीमा आयोजित शैक्षिक प्रशिक्षण तालीका निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा एसएसपी लामाले राजधानीका त्यस्ता चिया पसलहरुमा सुर्तीजन्य पदार्थको विक्री तथा उपभोग बढिराखेको गुनासो धेरै अभिभावकहरुबाट आएपछि प्रहरी निगरानीब ढाइएको बताएका हुन् ।

‘विद्यार्थीहरु स्कुल र कलेज पोशाकमै टोल र गल्लीमा खुलेका त्यस्ता चियापसलहरुमा खुलेआम सुर्तीजन्य पदार्थ र लागुपदार्थ सेवन गर्न थालेपछि प्रहरी निगारनी बढाउन लागिएको हो’ लामाले भने ।

त्यतिमात्रै नभई अब कुनैपनि अस्पताल, स्वास्थ्य संस्था, स्कुल र कलेज छेउछाउमा त्यस्ता सुर्तीजन्य पदार्थको विक्री वितरणमा पनि पुर्णरुपमा रोक लगाउने पनि एसएसपी लामाले प्रष्ट पारे ।

विद्यालयमा शैक्षिक वातावरण कायम गर्दै बालबालिकाको पठनपाठनमा सहयोग गर्नुको साथै सुरक्षा सम्वन्धी विभिन्न जानकारी गराउन नेपाल प्रहरीले महानगर क्षेत्रका ८ सय विद्यालयमा विद्यालय प्रहरी समन्वय समिति गठन गरिसकेको उल्लेख गर्दै समन्वय समितिमा आवद्ध, शिक्षक, अभिभावक, विद्यार्थीहरु धेरै विषयमा सचेत भइसकेको पनि उनले प्रष्ट पारे ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले वृत्त मातहत महानगरको १०,३१ र ३२ को साथै कागेश्वरी मनोहरा नगरपालिकाको ७, ८ र ९ नं वडाका विभिन्न ८० वटा विद्यालयमा गठन गरिएको विद्यालय प्रहरी समन्वय समितिको शैक्षिक क्यालेण्डरमा विभिन्न जनचेतनामुलक कार्यक्रम समावेश गर्नका लागि शैक्षिक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताए ।

सो क्यालेण्डर अनुसार समन्वय समिति गठन भएको विद्यालयले हरेक महिनामा सुरक्षासम्वन्धि कमितमा पनि एउटा कार्यक्रम सञ्चालन गर्नुपर्छ । सामुदायिक सेवा तथा विकास समाज कोटेश्वर एवम् सामुदायीक प्रहरी सेवा कोटेश्वरकी अध्यक्ष मन्सुरी मल्ल ठकुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सनसाइन बोर्डिंग स्कुलका प्रिन्सिपल तेजप्रकाश श्रेष्ठ तथा सामुदायिक प्रहरी सेवा बानेश्वर १० का प्रमुख ताराराम दयालले पनि आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ८ : ३१ बजे

संसदीय गरिमा कायम गर्न सांसदहरूको जोड, सरकारसँग जवाफ माग

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले संसदीय मर्यादा र गरिमा सबै पक्षबाट पालना

यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं– देशभरका यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय

फिल्म चलेन, न वर्षाले आँसु खसाल्न सकिन्, न भिडियो नबनाइ बस्न सकिन्

काठमाडौं – आफू अभिनित फिल्म ‘मालती मंगले’ प्रदर्शनरत रहेकाले नायिका

प्रतिपक्षीले घेरेपछि सभामुखले स्थगित गरे संसद् बैठक

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरू एकजुट भएर घेरेपछि सभामुख

प्रधानमन्त्रीको बेवास्ताले संसद्‍मा तनाव, एकजुट भए विपक्षी (तस्बिरहरू)

काठमाडौं- फागुन २१ को निर्वाचनबाट आएको प्रतिनिधि सभामा उभिएर अहिलेसम्म