जो विवाह अघि नै गर्भवती थिए « Khabarhub

जो विवाह अघि नै गर्भवती थिए


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– केही दिन अघि मात्र अभिनेत्री दिया मिर्जाले आफ्नो बेबी बम्पको तस्वीर सामाजिक सञ्जालमा राखेर सबैलाई आश्चर्यमा पारिदिइन् ।

डेढ महिना अघि मात्र आफ्नो प्रेमी वैभव रेखीसँग दोस्रो विवाह गरेर मालदिभ्समा हनिमुन मनाउन गएको समयमा उनले बेबी बम्पको तस्वीर राखेपछि विवाह अघि नै उनी गर्भवती भएको रहस्य खुलेको थियो ।

बलिउड लाइफका अनुसार बलिउडमा दीया मात्र होइन, अन्य अभिनेत्रीहरु पनि विवाह अघि नै गर्भवती भएका थिए । जुन कुरा सार्वजनिक भएपछि उनका फ्यानहरु चकित परेका थिए ।

अभिनेत्री नेहा धूपियाले सन् २०१८ मा गोप्य रुपमा विवाह गरिन् । उनी विवाह अघि नै गर्भवती भएकी थिइन् । त्यहीकारण उनले हतारोमा विवाह गरिन् । विवाहको करिब ४ महिनापछि उनले बेबी बम्प सार्वजनिक गरिन् ।

अभिनेत्री कल्की कोचलिन हालैमात्र आमा बनिन् । उनले बिना विवाह नै सन्तानलाई जन्म दिइन् ।

नताशा स्तानकोविकले क्रिकेटर हार्दिक पाण्डेसँग विवाह गरिन् । विवाहको साता बित्न नपाउदै उनले बेबी बम्पको तस्वीर सार्वजनिक गरेर सबैलाई छक्क पारिन् ।

दक्षिण भारतीय फिल्मकी अभिनेत्री एमी ज्याक्सनले आफ्नो प्रेमी जर्ज पानायिटूसँग अहिलेसम्म विवाह गरेकी छैनन् । यिनीहरुको एक सन्तान छ ।

अभिनेता अर्जुन रामपालले आफ्नो प्रेमिका मोडल तथा अभिनेत्री गेब्रिएला डेमोट्रिएड्ससँग एक तस्वीर सार्वजनिक गर्दै तेस्रोपटक पिता बन्न लागेको जानकारी दिएका थिए । गेबिएलाले हालसम्म अर्जुनसँग विवाह गरेकी छैनन् । उनीहरु लिभ इन रिलेसनमा छन् ।

अभिनेत्री कोंकणा सेन शर्माले रणवीर शौरीसँग हतारमा विवाह गरिन् । किनकी त्यो समयमा उनी गर्भवती थिइन् । विवाहको केही समयमै उनले आफ्नो बेबी बम्प सार्वजनिक गरिन् ।

दिवंगत अभिनेत्री श्रीदेवीले फिल्म निर्माता बोनी कपूरसँग विवाह गरिन् । तर उनी विवाह अघि नै ७ महिनाको गर्भवती थिइन् ।

दक्षिण भारतीय फिल्मकी अभिनेत्री सारिकाले प्रेमी कमल हसनसँग विवाह अघि नै पहिलो सन्तानलाई जन्म दिइसकेकी थिइन् । कमल र सारिकाले पहिलो बच्चा जन्मिएको दुई वर्षपछि विवाह गरे । सारिका अभिनेत्री श्रुति हासन र अक्षरा हासनकी आमा हुन् ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १२ : ०५ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले