‘ओसिन’ लेखक हासिदाको निधन « Khabarhub

‘ओसिन’ लेखक हासिदाको निधन


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानकी ख्यातीप्राप्त फिल्म लेखक सुगाको हासिदाको ९५ वर्षको उमेरमा निधन भएको छ । उनले लेखेको टेलिभिजन सिरिज ‘ओसिन’ विश्वव्यापी लोकप्रिय मानिन्छ ।

इण्डियन एक्सप्रेसमा प्रकाशित समाचार अनुसार यसै वर्षको सुरुवातदेखि अस्वस्थ रहँदै आएकी उनको लिम्फोमाका कारण निधन भएको हो ।

‘ओसिन’की अभिनेत्री पिन्को इजुमीले लेखक हासिदाको गत आइतबार उनको पश्चिमी टोकियोस्थित अटामीमा निधन भएको बताइन् ।

कोरियामा सन् १९२५ मा जन्मिएकी उनी सन् १९३० ताका जापान गएकी थिइन् ।

जापान पुगेपछि उनी सन् १९४९ मा सोचिकु फिल्म स्टुडियोमा आबद्ध भइन् । यो स्टुडियो छोडेपछि उनले आफूलाई स्वतन्त्र स्क्रिप्ट लेखकका रुपमा उभ्याइन् ।

उनले लेखेको ‘ओसिन’ सन् १९८३ देखि १९८४ सम्मा जापानको एनएचके पब्लिक टेलिभजनमा प्रसारण भएको थियो । यो सिरिजमा एक जापानी महिलाको बायोग्राफी देखाइएको छ । जसले जापानको प्रख्यात सुपरमार्केट चेनको स्थापना गरेकी थिइन् ।

‘ओसिन’ विश्वका करिब ६० बढी देशमा प्रसारण भएको थियो । हासिदाले लेखेको अन्य प्रख्यात सिरिजमा ‘वातारु सेकेन वा ओनी बाकरी’, ‘मेकिङ इट थ्रु’ थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १२ : ४५ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले