अर्बपति बनिन् किम « Khabarhub

अर्बपति बनिन् किम


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– हलिउड मोडल, अभिनेत्री तथा व्यापारी महिला किम कार्दासियन आधिकारिक रुपमा अर्बपति बनेकी छन् । फोर्ब्सले मंगलबार विश्वका अर्बपतिको सूची जारी गर्दा किमको नाम पनि सामेल भएको हो ।

आजतकमा प्रकाशित समाचारअनुसार टेलिभिजन शो र एन्डोर्समेन्ट डिलका अलावा किमका दुई ठूला व्यापारले उनलाई अर्बपति बन्ने यात्रामा सहयोग गरेको थियो ।

गत वर्ष उनको कुल सम्पत्ति ७ सय ८० मिलियन डलर थियो । जसमा यो वर्ष बढेर अर्ब पुग्यो ।

पत्रिकाका अनुसार किमले आफ्ना दुई व्यापार केकेडब्लु ब्युटी र स्किम्ससमेत किपिङ अप विद कार्दासियन, रियल स्टेट र विभिन्न एन्डोर्समेन्ट सम्झौताका कारण उनको सम्पत्ति यति धेरै पुगेको हो ।

किमले सन् २०१७ मा आफ्नो कस्मेटिक व्यापार केकेडब्लु ब्युटी सार्वजनिक गरेकी थिइन् । यो सार्वजनिक भएको दुई घण्टामै तीन लाख कन्टोर किट्स बिकेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  २ : ३० बजे

उद्घाटनअघि यस्तो देखियो सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको

युद्धको तनावबीच नेतान्याहू अमेरिका जाँदै

तेलअभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार अमेरिका प्रस्थान गर्ने भएका

स्टेर्ट अफ होर्मुजमा तेल ट्यांकर बारूदी सुरुङमा ठोक्कियो

तेहरान- होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ (सी माइन्स) मा ठोक्किएपछि

इरानका नयाँ सर्वोच्च नेता सकेसम्म चाँडो परमाणु हतियार बनाउने पक्षमा

काठमाडौं- इरानका सर्वोच्च नेता मोज्ताबा खामेनेई चाँडोभन्दा चाँडो परमाणु हतियार

साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्‍याउने