‘मिसेज श्रीलंका’ विजेताको ताज खोसिएपछि हंगामा « Khabarhub

‘मिसेज श्रीलंका’ विजेताको ताज खोसिएपछि हंगामा


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंकाको एक सौन्दर्य प्रतियोगितामा हंगामा भएको छ । प्रतियोगिताको मञ्चमा झगडा हुँदा शीर्ष उपाधि विजेताको टाउकोमा चोट लागेको छ ।

यहाँ भएको ‘मिसेज श्रीलंका’मा पुष्पिका डी सिल्वा विजेता घोषित भएकी थिइन् । गत आइतबार भएको यो समारोहलाई श्रीलंकाको सरकारी टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण गरेको थियो ।

तर मञ्चमा उपस्थित अघिल्लो वर्षकी विजेता केरोलाइन जुरीले पुष्पिका डिभोर्सी महिला भएको भन्दै ताज खोसेपछि हंगामा भएको थियो । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

‘प्रतियोगिताको एक नियम छ कि यो उपाधि डिभोर्सी महिलालाई दिन मिल्दैन । त्यसकारण म यो ताज दोस्रो नम्बरकी प्रतियोगीलाई दिँदैछु’, उनले भनेकी थिइन् ।

यति भनेर उनले डी सिल्वाको शीरको ताज निकालिन् र उनको छेउमै बसेकी दोस्रो नम्बरकी प्रतियोगीलाई लगाइदिइन् । यो घटनापछि सिल्वा रुँदै मञ्चबाट हिँडेकी थिइन् ।

बीबीसीमा प्रकाशित समाचारअनुसार त्यसपछि सिल्वाले आयोजकलाई आफू डिभोर्सी भएको तर पतिसँग अलग बसेको बताएकी थिइन् ।

यो घटनाको दुई दिनपछि आयोजकले उनको उपाधि फिर्ता गरेर उनीसँग माफी मागेको थियो ।

सिल्वाले फेसबुकमा पोस्ट गर्दै यो घटनापछि शीरको चोटको उपचारका लागि अस्पताल गएको उल्लेख गरेकी छन् । उनले आफूमाथि भएको अनुचित र अपमानजनक व्यवहारविरुद्ध कानूनी उपचार खोज्ने जनाएकी छन् ।

उनले आफूले पाएको ताज एकल आमाप्रति समर्पित गर्ने बताएकी छन् । ‘आज श्रीलंकामा म जस्ता धेरै एकल महिला छन्, जो पीडित छन् । यो जीत ती महिलाहरु, ती एकल आमाप्रति समर्पित छ, जो आफ्नो बच्चालाई एक्लै पालनपोषणका अलावा यी सबै झेलिरहेका छन्,’ उनले भनेकी छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  २ : ५५ बजे

झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै

सुरुङ्गा– हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई

सर्वोच्चको आदेश कार्यान्वयन माग्दै विगेसोको माइतिघरमा प्रदर्शन

काठमाडौं – ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (विगेसो) ले सर्वोच्च

अमेरिका–भारत अन्तरिम व्यापार सम्झौताको घोषणा

एजेन्सी– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री

टी-२० विश्वकपको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान तीन विकेटले विजयी

काठमाडौं- आईसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई तीन

इस्लामाबादको मस्जिदमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

एजेन्सी– इस्लामावादको एक शिया मस्जिदमा इस्लामिक स्टेट समूह (आईएस) ले दावी