‘क्याप्टेन ७’मा धोनी जीवन « Khabarhub

‘क्याप्टेन ७’मा धोनी जीवन


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–भारतीय क्रिकेटका सफल कप्तान महेन्द्रसिंह धोनी एक जासुसी एनिमेटेड सिरिज ‘क्याप्टेन ७’ निर्माण गर्दैछन् ।

यो सिरिज पूर्ण रुपमा धोनीमाथि आधारित हुनेछ । त्यहीकारण यसको नाम ‘क्याप्टेन ७’ राखिएको छ । धोनी जहिल्यै पनि क्रिकेटमा ७ नम्बरको जर्सी लगाउथे । यो सिरिजको पहिलो सिजन प्री–प्रोडक्सन चरणमा छ ।

नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार धोनी र उनकी पत्नी साक्षी धोनीको प्रोडक्सन हाउस धोनी इन्टरटेनमैन्ट र ब्ल्याक ह्वाइट ओरेन्ज ब्रेण्डको व्यानरमा यो सिरिज निर्माण हुँदैछ ।

यो भारतको पहिलो एनिमेटेड स्पाई सिरिज हुनेछ र यसको पहिलो सिजन सन् २०२२ मा रिलिज गरिनेछ ।

‘यसको कथा र अवधारणा राम्रो छ । यसका माध्यमबाट म क्रिकेटका अलावा अन्य मेरो इच्छालाई दर्शकमाझ देखाउनेछु’ उनले भनेका छन् ।
धोनी पत्नी माहीले धोनीको सिरिजले दर्शकलाई रोमाञ्चित बनाउने बताइन् ।

धोनीको बायोपिक ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ बनिसकेको छ । यो फिल्मलाई दर्शकले निकै मनपराएका थिए । फिल्ममा सुशान्त सिंह राजपूतले धोनी र कियारा आडवाणीले साक्षीको भूमिका निभाएका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ३ : ३० बजे

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

काठमाडौं– प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले

प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?

काठमाडौं- नेकपासँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिका बावजुद नेकपा एमालेभित्र