राजदूत भण्डारी र कुवेतका सहायक विदेश मन्त्रीबीच भेटवार्ता « Khabarhub

राजदूत भण्डारी र कुवेतका सहायक विदेश मन्त्रीबीच भेटवार्ता


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेत सरकार परराष्ट्र मन्त्रालयका एसिया मामिलाका लागि सहायक विदेश मन्त्री अली सुलेमान अल सईदबीच शिष्टाचार भेट भएको छ ।

कुवेत सरकारको परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ता द्विपक्षीय हितका विषयमा छलफल भएको जनाइएको छ ।

भेटमा नेपाली श्रमिकहरूको रोजगारीको सुरक्षा, रोजगारीका थप सम्भावना तथा क्षेत्र विस्तारका विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

त्यसैगरी उनीहरुबीच कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण उत्पन्न असहज परिस्थिति र यसको रोकथाम र नियन्त्रणका लागि भइरहेका प्रयासहरूको बारेमा पनि कुराकानी भएको जनाइएको छ ।

भेटमा कुवेत सरकार परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा नेपाली दूतावासका अन्य कर्मचारीको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ९ : ४७ बजे

काठमाडौँमा शासन गरेका यलम्बरको सालिक राजधानी बाहिर किन ?

नेपालको राजनीतिक इतिहासमा प्रारम्भिक चरणका धेरै ऐतिहासिक विवरणहरु अझै पनि

सञ्चारमन्त्रीको एक महिना : ११ हजार सट्टेबाजी एप बन्द

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको १०० बुँदे

कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौँ– सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याउने

ओमानविरुद्ध पहिला बलिङ गर्दै नेपाल, गुल्सन झा प्लेइङ–११ मा

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत अहिले जारी हुने खेलमा

हुरी तथा चट्याङसहितको वर्षाले हिउँदे बालीमा क्षति

गण्डकी– पोखरामा केही दिनयता आएको हुरी तथा चट्याङसहितको वर्षाले हिउँदेबालीमा