पाकिस्तानले मननपराउने यी भारतीय कलाकार « Khabarhub

पाकिस्तानले मननपराउने यी भारतीय कलाकार


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड फिल्मले देशसँगै विदेशमा आफ्नो विशेष पहिचान बनाएको छ । बलिउडको पाकिस्तानमा पनि राम्रो पकड छ ।

भारतीय फिल्महरु छिमेकी देशमा रिलिज हुँदा निर्माताहरु मालामाल हुने गरेका छन् । बलिउडका दर्शकमाझ जस्तै पाकिस्तानी दर्शकमाझ पनि राम्रो पकड छ ।

बलिउडमा यस्ता केही स्टारहरु छन्, जसलाई पाकिस्तानी दर्शकले पटक्कै मनपराउदैनन् । अमर उजालाले यस्तै स्टारहरुको एक सूची तयार पारेको छ ।

बलिउड अभिनेता सुनील सेठ्ठीलाई पाकिस्तानी दर्शकले मनपराउदैनन् । उनले फिल्म ‘मे हुँ ना’मा एक सेनाको भूमिकामा अभिनय गरेका थिए ।

जसले निर्दोष पाकिस्तानी नागरिकको हत्या गरेको थियो । यो दृश्यपछि पाकिस्तानी दर्शकले सुनील अभिनित फिल्म हर्न करिब करिब छाडेका छन् ।

‘गदरः एक प्रेम कथा’, ‘इण्डियन’, ‘माँ तुझे सलाम’ र ‘बोर्डर’ जस्ता हिट फिल्ममा अभिनय गरिसकेका अभिनेता सनी देओल पाकिस्तानी दर्शकले मननपराउने दोस्रो अभिनेता हुन् ।

पाकिस्तानी दर्शकहरुमा सनीको फिल्ममा ध्रुवीकरण र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आफ्नो देशलाई खलनायकका रुपमा देखाउने गरेको बुझाई छ ।

बलिउडमा लामो समयसम्म देशभक्तिपूर्ण फिल्ममा अभिनय गर्ने अभिनेताका रुपमा अक्षय कुमार चिनिन्छन् । उनी हरेक वर्ष समय–समयमा भारतीय सुरक्षाकर्मीका लागि करोडौं रुपैंयाँ खर्च गर्छन् ।

यहीकारण अक्षयको फिल्म पाकिस्तानीमा रिलिज प्रायः हुँदैन । उनीप्रति पाकिस्तानी दर्शकको धारणा कहिल्यै सकारात्मक हुन सकेनन् ।

अभिनेता बिक्की कौशलको फिल्म ‘उरी द सर्जिकल स्ट्राइक’ एक ब्लकबस्टर फिल्म बन्यो । यो फिल्ममा पाकिस्तानलाई निकै खराब छवियुक्त देशका रुपमा देखाइएको थियो ।

फिल्ममा कुन तरिकाले पाकिस्तानसँग भारतले सर्जिकल स्ट्राइकको बदला लियो भन्ने देखाइएको थियो । त्यहीकारण यो फिल्मलाई पाकिस्तानमा प्रतिबन्ध लगाइयो । फिल्ममा प्रतिबन्ध मात्र लागेन, विक्कीलाई पाकिस्तानी दर्शकले मनपराएनन् ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  १२ : ४५ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित