राष्ट्रिय महिला क्लब भलिबलको उपाधि न्यु डाईमण्डलाई « Khabarhub

राष्ट्रिय महिला क्लब भलिबलको उपाधि न्यु डाईमण्डलाई


२६ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – न्यु डाईमण्ड स्पोर्ट्स क्लबले पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिला तर्फको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै न्यु डाईमण्ड च्याम्पियन बनेको हो ।

रोमान्चक बनेको खेलको सुरुवाती सेट पुलिसले २५-२२ ले जितेको थियो । त्यसपछिको दुई सेट लगातार न्यु डाईमण्डले २५-११ र २५-१९ ले जित्यो । तर, चौंथो सेट पुलिसले २५-२१ ले जितेपछि खेल पाँचौ सेटमा पुगेको थियो ।

त्यसपछि पाँचौ तथा अन्तिम सेटमा १५-११ को जित निकाल्दै न्यु डाईमण्डले उपाधि आफ्नो बनायो । उपाधिसँगै न्यु डाईमण्डले नगद ३ लाख प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले १ लाख ७५ हजारमा चित्त बुझायो ।

पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ । बिहीबार नै भएको हेल्पले फाइनलमा विभागीय टिम एपीएफ क्लबलाई ३-० को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

उपाधि जित्ने क्रममा हेल्प नेपालले एपीएफमाथि २५-१४ २५-२० र २५-२२ को सोझो सेटमा जित निकालेको थियो । भारतीय खेलाडी सम्मलित हेल्प नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो । समग्रमा हेल्प नेपालको यो तेस्रो उपाधि हो ।

उपाधिसँगै हेल्प नेपालले नगद ३ लाख प्राप्त गर्यो । उपविजेता बनेको एपीएफले १ लाख ७५ हजारमा चित्त बुझायो । पुरुषतर्फ तेस्रो भएको बुलबुले राराले ७६ हजार र चौंथो बनेको नेपाल पुलिसले ३७ हजार ५ सय प्राप्त गर्यो ।

नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ ७ टिमको सहभागिता रहेको थियो । महिलातर्फ ६ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ७ : ०१ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार