संविधानमै श्रमिकको अधिकार सुनिश्चित हुनुपर्छ : नेता सिटौला « Khabarhub

संविधानमै श्रमिकको अधिकार सुनिश्चित हुनुपर्छ : नेता सिटौला


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगर पुगेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधानबाट मजदूरले पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन्।

नेपाल ट्रेड युनियन काङ्ग्रेस र मोरङ समितिद्वारा १३०औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा सिटौलाले मुलुकलाई समृद्धिको बाटौमा लैजान श्रमिकको हक र अधिकार सुनिश्चित हुनुपर्ने बताए ।

उनले स्वतन्त्र न्यायालयको मर्म माथि कसैले पनि प्रहार गर्नु राम्रो होइन भन्दै सरकारलाई श्रमिकको पक्षमा उभिन आग्रह गरे । कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले मुलुकको हरेक आन्दोलनलाई उचाइमा पुर्‍याउन मजदूरको भूमिका अग्रणी छ भन्दै मजदूरको मागलाई सरकारले सकारात्मक रुपमा लिनुपर्ने बताए ।

नेपाल ट्रेड युनियन काङ्ग्रेसका महासचिव ज्योति कोइरालाले उत्पादन र उत्पादकत्व बढाउन मजदूरको माग पूरा हुनुपर्ने बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १२ : ३२ बजे

बीपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

झापा– झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद