खेलकूद विकासका लागि सरकार अग्रसर छ : मन्त्री तामाङ « Khabarhub

खेलकूद विकासका लागि सरकार अग्रसर छ : मन्त्री तामाङ


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– युवा तथा खेलकूदमन्त्री दावा तामाङले खेलकूदको विकासका लागि सरकारले विभिन्न योजना अगाडि सारेको बताएका छन् ।

नेपाल सोतोकान कराते डो एशोसियसन (एसकेडियुएन) भक्तपुरले आज आयोजना गरेको चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप एवं सूर्यविनायक मेयर कप–२०७७ को उद्घाटन गर्दै मन्त्री तामाङले खेलसँगै खेलाडीको भविश्य पनि सुनिश्चित हुनुपर्ने बताए ।

मन्त्री तामाङले नेपालमा खेलको विकास हुँदै आएको चर्चा गर्दै सरकारले खेलका माध्यमबाट पनि राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा नेपालको छवि उच्च राख्ने गरी खेलकूदको विकासमा कदम चालेको बताए ।

स्थानीयस्तरमा हुने यस्ता विभिन्न खेलकूद प्रतियोगिताले खेलको विकास र खेलाडीलाई प्रोत्साहन मिल्ने बताउँदै उनले खेलको विकासलाई सन्तोषजनकरुपमा अगाडि बढाउन स्थानीय तहको सहयोग पनि अपरिहार्य रहेको औँल्याए ।

स्थानीयस्तरबाटै खेलकूदको विकास र खेलाडीलाई प्रोत्साहन दिने कार्यक्रम अगाडि बढाउनुपर्ने मन्त्री तामाङले औँल्याए ।

देशभरका सात वटा सोतोकान करातेका ३२ वटा डोजोका १५० भन्दा बढी खेलाडीको सहभागिता रहेको प्रतियोगिता आज दिनभर चल्ने र साँझ सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पुरस्कार वितरण गर्ने एशोसियसनका अध्यक्ष अनिल श्रेष्ठले बताए ।

एशोसियसनले हरेक वर्ष विभिन्न चरणमा विभिन्न खेलको प्रतियोगिता गर्दै खेलकूदको विकास र खेलाडीलाई प्रोत्साहन दिने काममा अग्रसरता देखाउँदै आएको बताए ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई नगद, पदक र प्रमाणपत्र प्रदान गरिने भएको छ भने फस्ट रनरअप, सेकेण्ड रनरअप र उत्कृष्ट खेलाडीलाई नगदसहितको पुरस्कार प्रदान गरिने उनले जानकारी दिए ।

त्यस्तै टिम च्याम्पियन, दोस्रो, तेस्रो, चौथो र उत्कृष्टलाई पनि पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगितामा मुख्य सहयोग सूर्यविनायक नगरपालिका रहेको जानकारी दिँदै उनले प्रतियोगितामा रु पाँच लाख खर्च हुने एशोसिएसनका अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  २ : १० बजे

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

एजेन्सी– फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ‘डोनाल्ड जे ट्रम्प

गगनबाट टिकट लिएका शेखर पनि देउवा समूहको भेलामा मिसिए

काठमाडौं- मंगलबार मध्याह्नदेखि काठमाडौं सुरू भएको नेपाली कांग्रेस शेरबहादुर देउवा

फेरिएको परम्परा : पहिले बधाई दिनेको भिडले भरिने सिंहदरबार अहिले सुनसान (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनपछि अहिले देशले युवा नेतृत्व पाएको छ ।

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

जुम्ला– तिला गाउँपालिका–५ खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर

धुम्बाराहीमा कांग्रेस देउवा पक्षको अलग्गै भेला, को को सहभागी भए ?

काठमाडौं- फागुन २१ को निर्वाचनमा गगन थापा नेतृत्वको विशेष महाधिवेशन