बहराइनमा कोरोना महामारीका कारण दर्जनौं कैदीलाई रिहा गरिँदै « Khabarhub

बहराइनमा कोरोना महामारीका कारण दर्जनौं कैदीलाई रिहा गरिँदै


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बहराइनले कोभिड–१९ को महामारीमा जेलमा रहेका कैँदीहरू असुरक्षित भएको भनी कैँदीका आफन्तहरूले विरोध जनाएपछि जेलमा रहेका राजनीतिक बन्दीसहित दर्जनौं व्यक्तिलाई रिहा गरिदिने भएको छ ।

बहराइनको मानव अधिकारवादी संस्थाका अनुसार जेलमा भीडभाड हुँदा कैँदीहरूमा कोभिड–१९ सङ्क्रमणको सम्भावना बढी भएको भन्दै उनीहरूलाई रिहा गरिने भएको हो ।

बहराइनको मानव अधिकारवादी संगठनका अनुसार सरकारी अधिकारीहरूले जेलमा रहेका राजनीतिक बन्दीसहित करिब २०० जनालाई रिहाईका लागि प्रक्रिया अघि बढाइएको छ । उक्त योजना अन्तर्गत राज्यको फावस्थित जेलबाट १६६ कैँदी रिहा भइसकेका छन् भने अन्यलाई आवश्यक कानूनी प्रक्रिया पुर्‍याएर रिहा गरिनेछ ।

रिहा हुनेमा बहराइनका चिरपरिचित अधिकारकर्मी नबिल राजबका अविभावक ७५ वर्षीय मोहम्मद जावेद पनि रहेको जानकारी गराइएको छ । उनले १० वर्षदेखि जेल जीवन बिताउँदै आएका छन् ।

जेलमा रहेका तीन व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएपछि आपन्तजन र परिवारका सदस्यले कैदीको स्वास्थ्य सुरक्षाप्रति चासो व्यक्त गर्दै जेल प्रशासनमार्फत् सरकारलाई विरोध पत्र पठाउनुका साथै रिहाइको माग गर्दै आन्दोलन गर्दै आएका थिए ।

लन्डनस्थित ‘बहराइन इन्स्टिच्युट फर राइट्स एण्ड डेमोक्रेसी’ले दर्जनौं बन्दीहरूमा कोभिड–१९ सङ्क्रमण फैलिएको बताएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १० : ५८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै