विदेश जाने कामदारको अभिमुखीकरण तालिम अनलाइनबाटै अनुगमन गर्ने तयारी « Khabarhub

विदेश जाने कामदारको अभिमुखीकरण तालिम अनलाइनबाटै अनुगमन गर्ने तयारी



काठमाडौँ- वैदेशिक रोजगारीमा जाने कामदार जस्तो शारीरिक र मानसिक अवस्था गएको थियो, त्यस्तै अवस्थामा फर्काउन वैदेशिक रोजगार बोर्डले ‘पूर्वप्रस्थान अभिमुखीकरण तालिम’ सञ्चालनमा ल्याएको छ ।

वैदेशिक रोजगारीमा युवाहरूको आकर्षण बढ्दै जाँदा समय मृत्यु हुने र अङ्गभङ्ग हुने घटना बढेकाले यस्तो तालिम सञ्चालन गर्न लागेको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले खबरहबलाई बताए ।

अभिमुखीकरण तालिममा विदेशमा काम गर्दा तनाव व्यवस्थापन गर्ने र कार्यस्थल दुर्घटनाबाट बच्ने विषय समेटिएको छ ।

कामदारले यात्राको क्रममा घरबाट निस्किएदेखि गन्तव्यमा नपुन्जेलसम्म के गर्न हुने र के गर्न नहुने भन्ने विषय पनि समेटिएको छ ।

देशगतरूपमा हावापानी, भाषा राजनीति, धर्मसंस्कृति लगायतका विषयमा पनि तालिममा समावेश छ ।

यी विषयहरू समेटिएको परिमार्जित पाठ्यक्रम वैदेशिक रोजगार बोर्डको गत मंसिर १० गतेको बैठकले स्वीकृत गरेको र चैत १ गते कार्यान्वयनमा आएको हो ।

पाठ्यक्रममा समावेश गरिएका सामग्री पढेर र बुझेर रोजगारीमा गएमा समस्यामा नपर्ने बोर्डका निर्देशक श्रेष्ठको भनाइ छ ।

‘परिमार्जित पाठ्यक्रम नतिजामुखी बनाउने उद्देश्य रहेकोले अब वैदेशिक रोजगारीका क्रममा हुने मृत्युदर र अङ्गभङ्ग हुनेको संख्या घट्नेछ’ उनले खबरहबसँग भने, ‘श्रमिकले आफू जान लागेको देशको बारेमा सामान्य जानकारी लिएर गएमा समस्या पर्दैन ।’

परिमार्जित पाठ्यक्रममा अडियो र भिडियो समावेश गरिएको छ । तालिम दिनको ६ घण्टाका दरले २ दिन चल्छ ।

गन्तव्य मुलुकमा पुगेपछि श्रमिकको शारीरिक र मानसिक पीडा न्यूनीकरण गर्ने विषय पनि तालिममा समावेश छ । यसमा बोर्डले करिब २ सय जनालाई प्रशिक्षक प्रशिक्षण तालिम दिएको छ ।

अब अनलाइनबाटै अनुगमन

यसअघि अभिमुखीकरण तालिम दिने संस्थाले वैदेशिक रोजगार बोर्डले तोकेको मापदण्डभन्दा बाहिर गएर कक्षा सञ्चालन गर्ने र कक्षा नै सञ्चालन नगरी नाम पठाउने गरेको बोर्डका अधिकारीको भनाइ छ ।

यस्तो हुन नदिन बोर्डले अनलाइन माध्यमबाटै अनुगमन गर्ने भएको छ ।

‘विभागको व्यवस्थाअनुसार यो समयमा यति जनाले अभिमुखीकरण तालिम लिँदै छन् भन्ने जानकारी पाएपछि बोर्डमा रहेको कल सेन्टरले हेर्नेछ,’ निर्देशक श्रेष्ठले भने, ‘सीसीटीभी क्यामेरा जडान गर्न बोर्डले पत्र पठाइसकेको छ ।’

तालिममा कामदारका लागि व्यवसायमा सुरक्षा, स्वास्थ्य चेतना, वैदेशिक रोजगारी कानुन, ठगिनबाट बच्ने उपाय, कामदारले गर्नुपर्ने व्यवहार, आर्थिक कारोबार जस्ता विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइन्छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को नियम २० मा वैदेशिक रोजगारीमा जानुपूर्व बोर्डले स्वीकृत गरेको पाठ्यक्रमअनुसार अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १ : ०९ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय