मेगा बैंकको क्यूआर कोड सेवाले धनगढीका रिक्सा चालक हर्षित « Khabarhub

मेगा बैंकको क्यूआर कोड सेवाले धनगढीका रिक्सा चालक हर्षित


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएपछि धनगढीका विद्युतीय रिक्सा चालकहरु हर्षित भएका छन् ।

बिद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएपछि रिक्सा चालकहरु खुसी भएका हुन् ।

नेपाल राष्ट्र बैंक भुक्तानी बिभागका कार्यकारी निर्देशक भुवन कँडेलले मेगा बैंकको धनगढीस्थित सुदुरपश्चिम प्रादेशिक कार्यालयमा एक कार्यक्रमका बीच क्यूआर कोड हस्तान्तरण गर्दा रिक्सा चालकहरु निकै खुसी भएका थिए । बैंकसँग कारोबार गर्न पाउनु आफूहरुको लागि निकै गर्वको कुरा भएको बताउँदै उनीहरुले मेगा बैंकलाई धन्यवाद पनि दिएका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक, सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख निर्देशक सुशील ज्ञवाली, बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख सागर ओझा, बजार बिभाग प्रमुख बरुण शाह, मेगा बैंक नेपाल लिमिटेड धनगढी शाखाका शाखा प्रबन्धक होमेन्द्र उपाध्यायको उपस्थिति थियो ।

यो व्यवस्थासँगै अब धनगढीका रिक्सामा यात्रुहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत भाडा रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन् । नगद कारोबारलाई बिस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगदरहित कारोबारलाई बढावा दिने नेपाल राष्ट्र बैंकको नीति बमोजिम मेगा बैंकले क्यूआर कोड सेवाको विस्तारलाई तीव्रता दिइरहेको छ ।

क्यूआर कोडबाट भुक्तानी गर्दा छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनैपनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्ताहरुको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको मेगा बैंकले जनाएको छ । यसका साथै स्वरोजगारमुलक काम गरिरहेका न्यून आय भएका रिक्सा चालकहरुको रकम सिधै बैंक खातामा बचत हुने भएकाले रकम बोकेर हिँड्न पर्ने बाध्यता हट्ने बैंकको विश्वास छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १ : ५४ बजे

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा