उद्योग वाणिज्य संघ चुनाव : अतिरित्त मतपत्र फेला परेपछि विवाद, प्रहरीद्वारा लाठीचार्ज « Khabarhub

उद्योग वाणिज्य संघ चुनाव : अतिरित्त मतपत्र फेला परेपछि विवाद, प्रहरीद्वारा लाठीचार्ज


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुर उद्योग वाणिज्य संघ चुनावको मतगणना स्थलमा तनाव उत्पन्न भएपछि प्रहरीले लाठीचार्ज गरेको छ ।

आइतबार मतगणना स्थलमा भोटिङ भन्दा उम्मेदवारको बढी मत आएको भन्दै विवाद उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको हो ।

शनिबार शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भए पनि मतगणनामा विवाद उत्पन्न भएको हो । शनिवार मध्यरातबाट मतगणना सुरु भएको थियो । मतपरिणाम अनुसार अध्यक्ष पदमा जितेन्द्र महासेठ र कोषाध्यक्षमा प्रमेश्वर साह विजयी भइसकेका छन् । तर मतपरिणाम औपचारिक घोषणा हुन बाँकी छ ।

अन्य उम्मेदवारहरुका अनुसार सदस्य र वरिष्ठ उपाध्यक्षको मतपेटिकामा अतिरित्त मतपत्र फेला परेपछि विवाद उत्पन्न भएको छ । मतगणना स्थलमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार निकटका मानिसहरूले टायर बालेर प्रदर्शन गरेका छन् ।

प्रहरीले विवादलाई उग्र रुप लिन नदिन लाठी चार्ज गरेको जनाएको छ।

विवाद उत्पन्नपछि मतगणना स्थगित भएको छ । निर्वाचन समितिका संयोजक सन्तोष साहसँग प्रतिक्रिया लिन खोज्दा उनले यस विषयमा केही बोल्न मानेनन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ८ : ०३ बजे

बुबाको पार्थिव शरीरमा दागबत्ती दिँदै केपी ओली (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना

किशोरी साहको रिटमा सुनुवाई सकियो

काठमाडौं- हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा-१ मा प्रत्यक्षतर्फ सबैभन्दा धेरै

‘पहिले लुकेर हुन्थ्यो, यसपटक खुलेआम अन्तरघात भयो’

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा लामो समयदेखि

२४ घण्टाभित्र इरानका दुई सय बढी ठाउँमा हमला

जेरुसेलम– इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य इरानका

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौं महानगर

काठमाडौं– सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौं