तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सरोकारवालाको दबाब (भिडियोसहित) | Khabarhub Khabarhub

तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सरोकारवालाको दबाब (भिडियोसहित)

ठाउँ विशेषका आधारमा निर्णय गर्न सुझाव


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षा क्षेत्रका सरोकारवालाहरूले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई तत्काल विद्यालय बन्द नगर्न दबाब दिएका छन् ।

सोमबार शिक्षा मन्त्रालयले बोलाएको सुझाव कार्यक्रममा सहभागी सरोकारवालाहरूले केन्द्रीकृत भएर निर्णय नगर्न दबाब दिएका हुन् ।

विद्यालय उमेर समूहका बालबालिकाहरुमा कोरोना संक्रमण बढ्दै गएको र संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुँदै आएकाले विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न शिक्षा मन्त्रालयले बिहान ८ बजे मन्त्रालयमा बैठक बोलाएको थियो ।

बैठकमा सहभागी सरोकारवाला व्यक्तिहरूले मन्त्रालयलाई ठाउँ विशेषका आधारमा निर्णय गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई जिम्मा दिनुपर्ने धारणा राखेका छन् ।

उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जनस्वास्थ्य सुरक्षाका मापदण्ड विद्यालयमा कडाइका साथ पालना गर्न गराउन निर्देशन दिनुपर्ने सुझाव दिएका छन् ।

सुरक्षाका मापदण्ड पालना नगर्ने/ नगराउने विद्यालयलाई सम्बन्धित निकायले अनुगमन गरी कारबाही गर्नुपर्ने कुरा पनि छलफलमा उठेको थियो ।

नेपाल सरकाले खुला नाकाहरूमा कडाइ नगर्ने र संक्रमण फैलियो भनेर विद्यालय बन्द गर्ने सरकारको प्रवृत्ति गलत भएको धारण राखेका थिए ।

सरोकारवालाहरूले नाकाहरुमा कडाइका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गर्नुपर्ने र उच्च जोखिम रहेका स्थानमा बन्द गर्नुपर्ने स्थिति आएमा मात्र बन्द गर्नुपर्ने बताए ।

हेरौँ भिडियो

छलफलमा कसले के भने ?

बैठकमा सहभागी नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले सरकार बालबालिकाको स्वास्थ्य सुरक्षा र शिक्षा दुवैलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘स्थान विशेषका आधारमा उच्च जोखिमा रहेका बालबालिकाको स्वास्थ्यलाई पनि ध्यानमा राखेर निर्णय गर्नुपर्छ ।’

पहिलो प्राथमिकतामा स्वास्थ्य र त्यसपछि शिक्षालगायत अन्य कुराहरु आउने कुरालाई पनि सम्बन्धित सबैले ध्यानमा राख्नुपर्ने उनको भनाइ छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइशन (प्याव्सन)का अध्यक्ष टीकाराम पुरीले देशभरका सबै विद्यालय एकै पटक बन्द गर्न नुहेन धारणा व्यक्त गरे ।

उनले भने, ‘अघिल्लो वर्ष लकडाउन गर्दा विद्यार्थीको शिक्षण सिकाइमा परेका असर र निजी विद्यालयले भोग्नुपरेका आर्थिक भारलाई पनि ध्यानमा राखेर अघि बढ्नुपर्ने अवस्था छ ।’

सबै ठाउँमा एकै पटक विद्यालय बन्द गर्ने निर्णय आफूहरुलाई मान्य नहुने उनको भनाइ छ । बन्द नै गर्नुपर्ने अवस्था देखियो भने जोखिमको आधारमा सम्बन्धित, विद्यालय वा स्थानीय तहले बन्द गर्नुपर्ने उनले बताए ।

त्यस्तै, नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले एक ठाउँमा प्रभाव पर्‍यो भनेर सबै ठाउँमा बन्द गर्न नहुने बताए । संक्रमणको जोखिम उच्च रहेका क्षेत्रमा मात्र बन्द गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘अघिल्लो वर्षको लकडाउनका कारण अधिकाशं मानिसकहरुको आर्थिक अवस्था निकै कमजोर भएको छ ।’

विद्यालय, यातायात, कलकारखानालगायत अन्य क्षेत्र बन्द र खुला गर्ने जिम्मा सम्बन्धित स्थानीय तहलाई दिनुपर्ने उनको सुझाव छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले पनि कोरोनाको प्रभाव अनुसार क्षेत्रगत रुपमा निर्णय हुनुपर्ने धारण व्यक्त गरे ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका प्रा.डा भीम सुवेदीले पनि विद्यालय, विश्वविद्यालय बन्द गर्ने निर्णय जोखिम रहेको ठाउँ विशेषका आधारमा गर्नुपर्ने र यस्तो निर्णय गर्दा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुनुपर्ने धारणा व्यक्त गरे ।

सामुदायिक विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष कृष्ण थापाले विद्यालय बन्द गर्ने भए वैकल्पिक सिकाइ सुनिश्चित गर्नुपर्ने बताए ।

शिक्षक महासंघ, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) लगायतका सबै प्रतिनिधिले जोखिम रहेको स्थानमा मात्र विद्यालय बन्द गर्नुपर्ने र जनस्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ लागु गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

छलफलमा आएका सुझावहरुलाई शिक्षा मन्त्रालयले मन्त्रिपरिषदमा जस्ताको त्यस्तै पुर्‍याउने सचिव रामप्रसाद थपलियाले बताए । उनले भने, ‘यसको थप आवश्य निर्णय मन्त्रिपरिषदबाट हुन्छ ।’

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १२ : ४७ बजे

कर्णालीमा सरकार विस्तार, को-को बने मन्त्री ?

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् ।

जुत्ता सिलाएर हातमुख जोर्नेको व्यथा- ‘अरूको जुत्ता टल्कियो, आफ्नो भाग्य घर्कियो’ 

नेपालमा विदेशिनेको ओइरो छ । बाध्यतावश होस् या रहरले नै

लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से 

काठमाडौं– सरकारले गरेको लगानी सम्मेलनको प्रभावले नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

इजराइल– मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा